आइफोनले खिचिएको फिल्म ‘अ प्लेस अन्डर द सन’ प्रिमियर
काठमाडौँ । आइफोनले खिचिएको नेपाली कथानक फिल्म ‘अ प्लेस अन्डर द सन’लाई प्रिमियर गरिएको छ । उपेन्द्र सुब्बा, शैलेन्द्र कार्की, यश कुमार, सुवर्ण थापा, सचिन घिमिरे, प्रवीण खतिवडा, अभय बराल लगायत फिल्म तथा रंगपत्रकारको उपस्थितिमा फिल्म सुन्धारास्थित सीडीसी हलमा प्रिमिएर गरिएको हो ।
प्रिमिएरमा फिल्म हेर्ने सबैले फिल्मको प्रशंसा समेत गरे । आइफोन–१४ प्रो म्याक्सले खिचिएको फिल्मलाई ‘अनन्त’ फेम्ड जेसन लोप्चनले निर्देशन गरेका हुन् । यो उनको दोस्रो निर्देशकीय फिचर हो । अस्कर फिल्म कलेजका विद्यार्थी मिलेर यो फिल्म बनाएका हुन्, जसलाई हलमा प्रदर्शनको तयारी छ ।
वान स्क्वाड फिल्मसको ब्यानरमा निर्माण भएको फिल्ममा मीन घलान, मीरा गुरुङ, प्रवेश एमसी, विप्लव गौली, अंशु शर्मा र प्रज्वन पौडेलको अभिनय छ । फिल्मको वितरण पनि सीडीसी हलले नै गर्नेछ ।
फिल्मले बाल्यकालका तीन जना मिल्ने साथीको कथा भन्छ । क्राइम–ड्रामा जनरामा फिल्म बनेको हो । तीनजना साथीको बीचमा अचानक एक अपरिचित व्यक्ति आइपुग्छ । तीनजनाले त्यो व्यक्तिलाई चिन्दैनन् तर तीन जनालाई त्यो व्यक्तिले चिन्छ । त्यो मान्छे त्यहाँ किन आयो ? यस वरपर कथा घुमेको छ ।
निर्देशक लोप्चनले आइफोन–७ ले खिचिएको हलिउड निर्देशक स्टिभन स्पिलवर्गको फिल्म ‘अनसेन’ फिल्म हेरेपछि आफूलाई पनि आइफोनले फिल्म खिच्ने अवधारणा बनेको बताए । ‘मलाई त्यो फिल्म साह्रै मनपरेको थियो र मेरो मनमा बसेको थियो’ उनले भने ।
फिल्मलाई प्रवीण लिम्बूले छायांकन गरेका हुन् । ‘आइफोनले खिचिएपछि ठुला फिल्मको जस्तो दृश्यको गुणस्तर यसमा कायमै छ’ छायांकार लिम्बूले भने, ‘कहींकतै पनि फोनले खिचिएको महसुस कतै हुँदैन ।’
फिल्मलाई आगामी हिउँदमा हलमा रिलिज गर्ने तयारी छ । निर्देशक लोप्चनले सन् २०२२ मा फिल्म ‘अनन्त’ निर्देशन गरेका थिए, जुनमा कार्म, लक्ष्मी बर्देवा, निश्चल बस्नेत लगायतले अभिनय गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण