सञ्चार मन्त्रालय र चलचित्र विकास बोर्डबिच कार्यसम्पादन सम्झौता
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र चलचित्र विकास बोर्डबिच कार्यसम्पादन सम्झौता भएको छ ।
आइतबार मन्त्रालयमा मन्त्री पृथ्वी सुब्बा गुरुङको उपस्थितिमा मन्त्रालयकी सचिव राधिका अर्याल र बोर्डका अध्यक्ष दिनेश डीसीबिच चलचित्र विकास बोर्डले यो आर्थिक वर्षमा सम्पादन गर्ने कार्यहरूको सम्झौता गरिएको हो । सम्झौतामा नेपाल सरकारको नीति तथा कार्यक्रममा समावेश कार्यक्रम, चलचित्र विकास बोर्डले गर्ने वार्षिक कार्यक्रमहरू लगायत रहेका छन् ।
उक्त सम्झौतामा बनेपामा चलचित्र स्टुडियो निर्माणदेखि मोफसलका सिनेमाको स्तरोन्नतिका समेत योजनाहरू समेटिएका छन् । सम्झौतामा हस्ताक्षर गर्दै अध्यक्ष डिसीले आगामी ६ महिनामा कार्यावस्थाको प्रारम्भिक प्रतिवेदन बुझाउने प्रतिबद्धता समेत व्यक्त गरे । सञ्चार मन्त्रालयले बाेर्डकाे अलावा आफू मातहतका अन्य निकायहरूमा समेत सम्झौता गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण