समाचार
सहकारी छानबिन समितिको प्रतिवेदन तयार, हस्ताक्षरपछि आजै बुझाइने
सोमबार, ३१ भदौ २०८१, ०८ : ४४
काठमाडौँ । सहकारीको बचत अपचलन छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिको प्रतिवेदन तयार भएको छ । तीन महिना अघि संसद्बाट गठन भएको समितिले प्रतिवेदन तयार गरेको हो ।
समिति सदस्य ईश्वरी न्यौपानेका अनुसार राति ३ बजेसम्म बसेर छलफल गरी प्रतिवेदन अन्तिम टुङ्गो लगाइएको छ । ‘१० बजे हस्ताक्षर हुन्छ । आजै प्रतिवेदन हामी बुझाउँछौँ,’ न्यौपानेले भनिन् । प्रतिवेदनलाई सोमबार बस्ने प्रतिनिधि सभा बैठकमा पेस गरिनेछ ।
समितिले प्रतिवेदन तयार पार्न कार्यक्षेत्र (टीओआर)मा उल्लेख गरिएका २९ सहकारीका पदाधिकारीसहित सम्बन्धित निकायसँग छलफल र स्थलगत अध्ययन समेत गरेको थियो । समितिले रास्वापा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको पनि बयान लिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु
-
सालुले आफैँलाई जलाउनुको कारण श्रीमानसँगको विवाद
-
‘हेलो सरकार’ मा एकै दिन १ हजार ४४२ गुनासो, ९२९ वटा व्यवस्थापन
-
९ वर्षमा ९ पटक फेरिए मुख्यमन्त्री, १०औँको तयारी
-
सरकारलाई सोनम वाङचुकको पत्र : आश्वासन पाए अनशन तोड्ने, नभए अनिश्चितकालीन आन्दोलन
-
निर्माणाधीन जलविद्युत् आयोजनाको आरसीओडी थप्ने प्रक्रिया अघि बढ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण