नेपालका मिडफिल्डर लाकेन लिम्बुले दिल्लीबाट आई–लिग खेल्ने
काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रतिभाशाली मिडफिल्डर लाकेन लिम्बुले यो सिजनको भारतको चर्चित आई–लिग फुटबल खेल्ने भएका छन् । उनी आई–लिग खेल्नका लागि दिल्ली फुटबल क्लबमा आबद्ध भएका हुन् ।
दिल्ली फुटबल क्लबले विदेशी खेलाडीको रुपमा लाकेनको नाम समावेश गरेको छ । विदेशी खेलाडीका रुपमा लाकेनसँगै भुटानका दाबा छिरिङ पनि दिल्ली फुटबल क्लबमा आबद्ध छन् । लाकेनले दिल्ली फुटबल क्लबसँग एक सिजनका लागि सम्झौता गरेको बताइएको छ ।
लाकेन कति पारिश्रमिकका दिल्ली फुटबलमा क्लबमा आबद्ध भएका हुन् भन्ने विषयमा भने केही खुलाइएको छैन । यो सिजनको आई–लिग आगामी अक्टोबर १९ देखि सन् २०२५ को अप्रिल ३० तारिखसम्म चल्नेछ ।
अघिल्लो सिजनको आई–लिगमा दिल्ली फुटबल क्लब छैटौँ भएको थियो । दिल्लीले २४ खेलमा ११ जित, दुई बराबरी र ११ हारको नतिजा निकालेको थियो । अघिल्लो सिजनको आई–लिगमा मोहमदन स्पोर्टिङ क्लब च्याम्पियन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
-
भारतीय क्रिकेटमा नयाँ इतिहास: १५ वर्षे वैभवले तोडे सचिनको कीर्तिमान, श्रेयस बने नयाँ टी-ट्वान्टी कप्तान
-
१९ वर्षीया मिरा एन्ड्रीभालाई पहिलो ग्रान्ड स्लाम उपाधि, पोल्यान्डकी च्वालिन्स्काको सपना अधुरै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण