आफ्नै घरको बार्दलीबाट खसेका फुटबलरको स्वास्थ्य अवस्था गम्भीर
काठमाडौँ । आफ्नै घरको बार्दलीबाट लडेर घाइते भएका साउदी अरेबियाका चर्चित फुटबल खेलाडी फहाद अल–मुवालादको स्वास्थ्य अवस्था अझै गम्भीर रहेको बताइएको छ । ३० वर्षीय विंगरको हाल सघन उपचार कक्षमा उपचार भइरहेको छ ।
गत बिहीबार उनी दुबईस्थित आफ्नै घरको बार्दलीबाट तल खसेका थिए । उनी दुई तलामाथिबाट खसेका थिए । उनी आफ्नो अपार्टमेन्टमा बिदा मनाउने क्रममा बार्दलीबाट खसेको स्थानीय प्रहरीले जनाएको छ ।
उनी अल–शबाबबाट साउदी अरेबियाको व्यावसायिक लिग खेल्छन् । उनी साउदी अरेबियाको राष्ट्रिय टोलीका प्रभावशाली सदस्य पनि हुन् । उनलाई तत्कालै अस्पताल लगिएको थियो । उनको अवस्था अझै गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।
उक्त घटनाको विषयमा हाल प्रहरीले अनुसन्धान गरिरहेको छ । ‘फुटबलर फहाद अल–मुवालाद बिहीबार आफ्नो घरको दोस्रो तलाको बार्दलीबाट तल खसेका थिए । घटनाको अनुसन्धान भइरहेको छ । अनुसन्धानको नतिजा पछि सार्वजनिक गरिने छ,’ प्रहरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
उनले सन् २०११ मा शीर्ष डिभिजनको साउदी लिगमा ‘डेब्यू’ गरेका थिए । सन् २०१८ मा उनले केही समयका लागि ऋणमा स्पेनिस ला लिगा क्लब लेभान्तेबाट पनि खेलेका थिए । उनी सन् २०२२ मा आफ्नो बाल्यकालको क्लब अल–इत्तिहाद छाडेर अल–शबाबमा आबद्ध भएका थिए ।
उनले सन् २०१२ मा साउदी अरेबियाको राष्ट्रिय टोलीमा ‘डेब्यू’ गरेका थिए । त्यसयता उनले साउदी अरेबियाको राष्ट्रिय टोलीबाट ७८ खेल खेलिसकेका छन् । अहिले सम्पूर्ण फुटबल जगतले उनको शीघ्र स्वास्थ्य लाभको कामना गरिरहेको छ । उनको पूर्वक्लब अल–इत्तिहादका समर्थकहरूले पनि आइतबार अल–बेहदासँगको खेलअघि उनको स्वास्थ्य लाभको कामना गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रिकामा पोको पारेको खानेकुरा खाँदा क्यान्सर हुन्छ ?
-
फ्राइडे रिलिज : देशभर ‘गौँथली’ प्रदर्शनमा
-
७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सर्तमा उखु किसान सङ्घ रौतहटको आन्दोलन स्थगित
-
बागमती प्रदेशमा आजदेखि ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
-
यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण