माओवादीको प्रश्न : झापा विद्रोह र ०७ सालको आन्दोलनलाई के भन्ने ?
_Y2KWE7uwBU.jpg)
काठमाडौँ । नेकपा माओवादी केन्द्रले हिंसा शब्दप्रति सत्तापक्षका सांसदले दिएको अभिव्यक्तिप्रति असहमति, आपत्ति र विरोध भएको रेकर्ड गराएको छ ।
सोमबारको प्रतिनिधिसभा बैठकमा माओवादी सांसद शक्ति बस्नेतले क्रान्तिलाई हिंसाको व्याख्या गर्ने हो भने झापा विद्रोह र २००७ साललाई के भन्ने ? भन्दै प्रश्न गरेका थिए । साथै उनले हिंसा शब्दप्रति सत्तापक्षका सांसदले दिएको अभिव्यक्तिमा असहमति, आपत्ति र विरोध भए पनि प्रधानमन्त्रीको अमेरिका भ्रमणलाई ध्यानमा राखेर प्रतिनिधि सभाको बैठकमा विरोध नगरेको बताए ।
‘क्रान्तिलाई हिंसाको व्याख्या गर्ने हो भने झापा विद्रोह र २००७ सालको आन्दोलनलाई के भन्ने रु आन्दोलनको मूल प्रवृत्तिका आधारमा नेपालको जनयुद्धको भूमिकालाई अवमूल्यन र अपमान हुने गरी व्यक्त भएका विचारप्रति हाम्रो दलको असहमति, आपत्ति र विरोध भएको रेकर्ड गर्न चाहन्छु’, बस्नेतको भनाइ छ ।
उनले दश बर्से सङ्घर्ष समस्या नभएर मूलभूत रूपमा समाधान थियो भन्ने कुरा नयाँ संविधान र गणतन्त्रको स्थापना भएबाटै पुष्टि भएको तथ्यलाई अस्वीकार गर्न नसकिने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा बालीनालीमा छरेको विषादीले मौरी सखाप
-
मुख्यमन्त्री कँडेलद्वारा दश जिल्लाका सीडीओसँग संवाद
-
बाँकेमा थप ९३६ लाई जग्गाधनी प्रमाणपत्र वितरण गरिँँदै
-
डिजिटल प्रविधिमा आधारित रही सेवा प्रवाह गर्न श्रममन्त्रीको निर्देशन
-
रातोपाटी ब्रिफिङ : प्रदीप नेपालको अन्तिम बिदाइदेखि संसद्को बहससम्म
-
रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश