माओवादीको प्रश्न : झापा विद्रोह र ०७ सालको आन्दोलनलाई के भन्ने ?
काठमाडौँ । नेकपा माओवादी केन्द्रले हिंसा शब्दप्रति सत्तापक्षका सांसदले दिएको अभिव्यक्तिप्रति असहमति, आपत्ति र विरोध भएको रेकर्ड गराएको छ ।
सोमबारको प्रतिनिधिसभा बैठकमा माओवादी सांसद शक्ति बस्नेतले क्रान्तिलाई हिंसाको व्याख्या गर्ने हो भने झापा विद्रोह र २००७ साललाई के भन्ने ? भन्दै प्रश्न गरेका थिए । साथै उनले हिंसा शब्दप्रति सत्तापक्षका सांसदले दिएको अभिव्यक्तिमा असहमति, आपत्ति र विरोध भए पनि प्रधानमन्त्रीको अमेरिका भ्रमणलाई ध्यानमा राखेर प्रतिनिधि सभाको बैठकमा विरोध नगरेको बताए ।
‘क्रान्तिलाई हिंसाको व्याख्या गर्ने हो भने झापा विद्रोह र २००७ सालको आन्दोलनलाई के भन्ने रु आन्दोलनको मूल प्रवृत्तिका आधारमा नेपालको जनयुद्धको भूमिकालाई अवमूल्यन र अपमान हुने गरी व्यक्त भएका विचारप्रति हाम्रो दलको असहमति, आपत्ति र विरोध भएको रेकर्ड गर्न चाहन्छु’, बस्नेतको भनाइ छ ।
उनले दश बर्से सङ्घर्ष समस्या नभएर मूलभूत रूपमा समाधान थियो भन्ने कुरा नयाँ संविधान र गणतन्त्रको स्थापना भएबाटै पुष्टि भएको तथ्यलाई अस्वीकार गर्न नसकिने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण