४० वटा सहकारीबाट ८७ अर्ब अपचलन भएको समितिको निष्कर्ष, रविबारे के छ ?
काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले ४० वटा सहकारीबाट ८७ अर्ब अपचलन भएको निष्कर्ष निकालेको छ । सोमबार अन्तिम रुप दिइएको समितिको प्रतिवेदनमा ४० वटा सहकारीबाट ८७ अर्ब अपचलन भएको निष्कर्षसहितको प्रतिवेदन तयार गरिएको समितिका एक सदस्यले जानकारी दिए ।
उनका अनुसार प्रतिवेदन १८ परिच्छेदमा रहेको छ भने सहकारी ठगीसँग सम्बन्धित विषयमा सरकारलाई आवश्यक सुझाव र कारबाही सिफारिस गरिएको छ । प्रतिवेदनमा सहकारीबाट पैसा लैजान राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको संलग्नता नरहेको निष्कर्ष निकालिएको छ । तर, उक्त रकम प्रयोग गर्न भने गोरखा मिडियामा रहँदा उनी संलग्न भएको प्रतिवेदनमा उल्लेख छ ।
४ सहकारीबाट गोरखा मिडियामा ६७ करोड गएको प्रतिवेदनमा उल्लेख छ । समितिका सभापति सूर्य थापाले सोमबारको बैठकबाट प्रतिवेदन पारित गरेको र आजै हाउसमा प्रस्तुत गरिने जानकारी दिए । तीन महिनाअघि संसद्बाट गठन भएको समितिले तयार गरेको प्रतिवेदनलाई अन्तिम रूप दिएसँगै आज हस्ताक्षर भएको हो ।
समितिले प्रतिवेदन तयार पार्न कार्यक्षेत्र (टीओआर) मा उल्लेख गरिएका २९ सहकारीका पदाधिकारीसहित सम्बन्धित निकायसँग छलफल र स्थलगत अध्ययन समेत गरेको थियो । समितिले रास्वापा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको पनि बयान लिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण