४० वटा सहकारीबाट ८७ अर्ब अपचलन भएको समितिको निष्कर्ष, रविबारे के छ ?

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले ४० वटा सहकारीबाट ८७ अर्ब अपचलन भएको निष्कर्ष निकालेको छ । सोमबार अन्तिम रुप दिइएको समितिको प्रतिवेदनमा ४० वटा सहकारीबाट ८७ अर्ब अपचलन भएको निष्कर्षसहितको प्रतिवेदन तयार गरिएको समितिका एक सदस्यले जानकारी दिए ।
उनका अनुसार प्रतिवेदन १८ परिच्छेदमा रहेको छ भने सहकारी ठगीसँग सम्बन्धित विषयमा सरकारलाई आवश्यक सुझाव र कारबाही सिफारिस गरिएको छ । प्रतिवेदनमा सहकारीबाट पैसा लैजान राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको संलग्नता नरहेको निष्कर्ष निकालिएको छ । तर, उक्त रकम प्रयोग गर्न भने गोरखा मिडियामा रहँदा उनी संलग्न भएको प्रतिवेदनमा उल्लेख छ ।
४ सहकारीबाट गोरखा मिडियामा ६७ करोड गएको प्रतिवेदनमा उल्लेख छ । समितिका सभापति सूर्य थापाले सोमबारको बैठकबाट प्रतिवेदन पारित गरेको र आजै हाउसमा प्रस्तुत गरिने जानकारी दिए । तीन महिनाअघि संसद्बाट गठन भएको समितिले तयार गरेको प्रतिवेदनलाई अन्तिम रूप दिएसँगै आज हस्ताक्षर भएको हो ।
समितिले प्रतिवेदन तयार पार्न कार्यक्षेत्र (टीओआर) मा उल्लेख गरिएका २९ सहकारीका पदाधिकारीसहित सम्बन्धित निकायसँग छलफल र स्थलगत अध्ययन समेत गरेको थियो । समितिले रास्वापा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको पनि बयान लिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री र अजरबैजानका उपविदेशमन्त्रीबिच शिष्टाचार भेटवार्ता
-
७७ जना नयाँ इन्सपेक्टरको पदस्थापन, काे कहाँ ? (सूचीसहित)
-
नेकपा एमालेले बोलायो संसदीय दलको बैठक
-
नीति तथा कार्यक्रम : ११ वटा ऐन तर्जुमाको लक्ष्य
-
आन्दोलन गरेको भन्दै आवासीय चिकित्सकहरुलाई कलेज प्रवेशमा रोक
-
चौथाइवाले ढुक्क भएर फर्किए स्वदेश, मुख्य चासो भारतको सुरक्षा