अभिनेत्री अदिति राव हैदरीले गरिन् दोस्रो बिहे

नयाँ दिल्ली । बलिउड अभिनेत्री अदिति राव हैदरीले अभिनेता सिद्धार्थसँग बिहे गरेकी छिन् । एउटा निजी समारोहमा साधारण तरिकाले यी दुईको बिहे भएको हो ।
अभिनेता अभिनेत्रीले सामाजिक सञ्जालमा आफ्नो बिहेको फोटो हालेका थिए । फोटोमा अभिनेत्री सुनौलो रंगको लेहेंगामा निकै राम्री देखिएकी थिइन् ।
यी दुईले वानापार्थीको चार सय वर्ष पुरानो मन्दिरमा बिहे गरेका छन् । बिहेमा बेहुला बेहुलीको परिवारका सदस्य र नजिकका आफन्तहरू मात्रै सहभागी भएका थिए । बिहेको तस्बिरमा अभिनेता अभिनेत्री निकै रोमान्टिक र मक्ख देखिएका थिए ।
बिहे भइसकेपछि मात्रै अदिति र सिद्धार्थले बिहेको जानकारी दिएका थिए । बिहे अघि उनीहरूको बिहेको सुइँको कसैले पाएका थिएनन् ।
अदिति र सिद्धार्थले यही वर्ष मार्चमा टिकाटालो गरेका थिए । टिकाटालो अघि दुबैले आफ्नो सम्बन्धलाई निकै गोप्य राखेका थिए । अदितिको यो दोस्रो बिहे हो । अभिनेत्रीले यसअघि अभिनेता सत्यदीप मिश्रासँग बिहे गरेकी थिइन् ।
उनको यो बिहे सन् २००९ दखि सन् २०१३ सम्म चल्यो । अदितिको पहिलो पतिले दिग्गज अभिनेत्री नीना गुप्ताकी छोरी तथा फेशन डिजाइनर मसाबा गुप्तासँग बिहे गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरुण दलको भवन बनाउन ३ करोड बजेट छुट्ट्याएकोमा आलोचना
-
खाद्य पदार्थको अनुगमन, निरीक्षण तथा जाँचका कामहरू वैज्ञानिक विधिबाट भइरहेका छन् : मन्त्री अधिकारी
-
समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य हासिल गर्न विज्ञान तथा प्रविधिको प्रयोग अपरिहार्य: पूर्व राष्ट्रपति भण्डारी
-
हिमानी ट्रस्टले जुम्लामा सुत्केरी सेवा केन्द्र बनाउँदै
-
प्रधानमन्त्रीद्वारा जीवन विकास सामुदायिक अस्पताल उद्घाटन
-
दलित मुक्तिको आधार खोज्न राष्ट्रिय दलित गोलमेच सम्मेलन गरिने