फिल्म ‘ममी’को छायाँकन सुरु
मङ्गलबार, ०१ असोज २०८१, १६ : २२
काठमाडौँ । सो ट्वान्टीफाईभ ब्यानरमा निर्माण हुने हरर जनराको फिल्म ‘ममी’को छायाँकन सुरु गरिएको छ । राष्ट्रिय चलचित्र दिवस र विश्वकर्मा पूजाको अवसर पारेर उपकरणलाई पूजा गर्दै चलचित्र छायाँकन सुरुवात गरिएको हो ।
पूर्णिमा जोशी र समर निरौलाको संयुक्त लेखन रहेको चलचित्रलाई लोकराज जोशी र पूर्णिमा जोशीले निर्माण गरेका हुन् । चलचित्रका निर्देशक समर निरौला हुन् ।
प्रियंका कार्की, सुलक्षण भारती र दीया मास्केको मुख्य भूमिका रहेको चलचित्रमा समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गुराँस ढकाल, रिना ढकाल लगायत कलाकारहरूको अभिनय रहेको छ । चलचित्रलाई शरद महतोले खिच्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
-
मोदी खोलाको बाढीले घर र रेस्टुरेन्ट बगायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण