अग्रता फराकिलो बनाउँदै एपीएफ क्लब
काठमाडौँ । एन्फा महिला लिग फुटबल प्रतियोगितामा विभागीय टोली एपीएफ क्लबले आफ्नो अपराजित यात्रा कायमै राखेको छ । सशस्त्र प्रहरी बलको एपीएफ क्लबले मंगलबार खेलिएको खेलमा संकटा क्लबमाथि ३–० गोलको जित हासिल गर्यो ।
जितसँगै एपीएफ क्लबले अंक तालिकामा आफ्नो अग्रता पनि फराकिलो बनाएको छ । हालसम्म ६ खेल खेलेको एपीएफ क्लब १६ अंकसहित तालिकाको पहिलो स्थानमा यथावत छ । एपीएफ क्लबले पाँच जित र एक बराबरीको नतिजा निकालेको छ ।
कुल १० टोली सहभागी महिला लिगमा संकटा क्लब सातौँ स्थानमा आसिन छ । ६ खेल खेलेको संकटा क्लबले पाँच अंक बटुलेको छ । संकटा क्लबले हालसम्म एक जित, दुई बराबरी र तीन हारको नतिजा निकालेको छ ।
संकटा क्लबविरुद्ध खेलमा एपीएफलाई जित दिलाउन सरु लिम्बु, अनिता केसी र सविता रानामगरले एक–एक गोलको योगदान गरे । महिला लिग प्रतियोगिता अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण