मैत्रीपूर्ण भलिबल : सेमिफाइनल समीकरण पुरा
हेटौडा । संविधान दिवसको अवसरमा बागमती प्रदेश सरकारले मैत्रीपूर्ण भलिबल प्रतियोगिता आयोजना गरेको छ । प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा हेटौंडामा सुरु भएको मैत्रीपूर्ण भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा भएको छ ।
मंगलबार क्वाटरफाइनल चरणका खेलहरू सम्पन्न भएसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा भएको हो । असोज १ र २ गते हुने प्रतियोगितामा जनप्रतिनिधि, समुदाय लगायतका क्षेत्रलाई समेटेर टिम तयार गरिएको छ ।
प्रतियोगिता अन्तर्गत मंगलबार भएको खेलमा जिल्ला खेलकुद विकास समिति, सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा–११, कैलाश गाउँपालिका र बकैया गाउँपालिका सेमिफाइनलमा प्रवेश गरेको हो । प्रतियोगिता अन्तर्गत मंगलबार भएको पहिलो क्वाटरफाइनल खेलमा प्रदेश किताब खानालाई २५–१६ र २५–२१ को सेटले हराउँदै जिल्ला खेलकुद विकास समिति सेमिफाइनलमा प्रवेश गरेको हो ।
यस्तै दोस्राे क्वाटरफाइनल खेलमा सामुदायिक प्रहरीले थाहा नगरपालिकालाई २६–२४ र २५–१७ को सेटमा, तेस्रो खेलमा कैलाशले भीमफेदीलाई २५–१२ र २५–१८ को सेटमा र बकैयाले हेटौंडा–११ लाई २५–१३ र २५–२३ सेटले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो ।
क्वाटर फाइनल अघि भएको खेलमा कैलाश गाउँपालिकाले पत्रकार महासंघलाई २५–१३, २३–२५ र १५–११ सेटले हराएको थियो । यस्तै प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा मुख्यमन्त्री कार्यालयलाई सामुदायिक प्रहरीले २५–११ र २५–९ सेटले, तेस्रो खेलमा प्रदेश किताब खानाले राक्सिराङ गाउँपालिकालाई २५–१६ र २५–२१ को सोझो सेटले, चौथो खेलमा थाहा नगरपालिकाले आयोजक प्रदेश खेलकुद विकास परिषद्लाई २५–८ र २५–७ को सोझो सेटले र पाँचौँ खेलमा बकैयाले २५–१२ र २५–१४ को सोझो सेटमा वन तथा वातावरण मन्त्रालयलाई हराएको थियो ।
प्रतियोगिता अन्तर्गतका सबै खेलहरू हेटौंडा–४ स्थित हुप्राचौरमा खेलाइएको छ । प्रतियोगिताको सेमिफाइनल र फाइनल खेलहरू बुधबार हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
-
कोबोली फ्रेन्च ओपनको फाइनलमा, आर्नाल्डी बाहिरिए
-
मलाई न्याय र राजनीतिमा मात्र सीमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँ: सुशीला कार्की
-
काठमाडौँमा कलिङ्गा साहित्य महोत्सव सुरु (तस्बिरहरु)
-
मिथिला खानपानमा आँपको अचार
-
'मानव अधिकार आयोग प्रधानमन्त्रीसँग डराएको छैन'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण