वित्तीय क्षेत्रमा तरलता छ, ब्याजदर पनि तल झर्यो : अध्यक्ष ढकाल
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले वित्तीय क्षेत्रमा तरलता रहेको र ब्याजदर पनि तल झरेको बताएका छन् । मंगलबार पत्रकार सम्मेलन गर्दै उनले बजारमा ऋण प्रवाह बढ्न नसकेको बताएका हुन् ।
उनले भने, यसलाई वित्तीय असुरक्षाको अवस्था भनिन्छ । लगानी गर्दा स्वाभाविक कारणले नाफा हुन नसक्ने अवस्थाको जोखिम व्यवसायीले लिन्छ । तर अस्वाभाविक र नीतिगत परिवर्तनका कारण हुने घाटाका लागि उ तयार रहन्न । त्यसैले पर्ख र हेरको अवस्था रहन्छ ।
अध्यक्ष ढकालले अख्तियारले निजी क्षेत्रलाई पनि हेर्ने गरी आएको विधेयकलाई आफूहरूका पैरवीले उक्त व्यवस्थामा संशोधन हुने गरी छलफल भइरहेको बताए । उनले विधेयक जस्ताको त्यस्तै पारित भए लगानी थप निरुत्साहित हुने बताए ।
नेपालको बैंकिङ क्षेत्र व्यवस्थित रहेको भन्दै अध्यक्ष ढकालले कर्जाको दुरुपयोग हुन नदिने ग्यारेन्टी गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण