मिलानविरुद्ध लिभरपुलको शानदार पुनरागमन
बुधबार, ०२ असोज २०८१, ०७ : ५१
मिलान । इंग्लिस क्लब लिभरपुलले च्याम्पियन्स लिगमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै इटालियन क्लब एसी मिलानलाई ३–१ गोल अन्तरले हराएको छ ।
मंगलबार राति भएको खेलमा क्रिस्टियन पुलिसिचले खेलको तेस्रो मिनेटमा नै घरेलु टोली मिलानलाई अग्रता दिलाएका थिए । तर, २३ औँ मिनेटमा इब्राहिमा कोनाटेले लिभरपुलका लागि बराबरी गोल फर्काए ।
४१ औँ मिनेटमा भर्जिल भान डाइकले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । दोस्रो हाफको ६७ औँ मिनेटमा डोमिनिक सोबोसलुहएले गोल गर्दै लिभरपुलको पुनरागमन पुरा गरे ।
खेलमा फेडेरिको चिएसाले लिभरपुलका लागि डेब्यू गरेका थिए । गत सिजन युरोपा लिगमा बिताएको लिभरपुलले १८ महिनापछि पहिलोपटक च्याम्पियन्स लिगको खेल खेलेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रिकामा पोको पारेको खानेकुरा खाँदा क्यान्सर हुन्छ ?
-
फ्राइडे रिलिज : देशभर ‘गौँथली’ प्रदर्शनमा
-
७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सर्तमा उखु किसान सङ्घ रौतहटको आन्दोलन स्थगित
-
बागमती प्रदेशमा आजदेखि ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
-
यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण