अन्तर सिनेमा फुटसल प्रतियोगितामा ९ टोली
काठमाडौँ । म्यानेन्ट भेन्चर्सले काठमाडौँमा ‘अन्तर सिनेमा फुटसल प्रतियोगिता’ आयोजना गर्ने भएको छ । प्रतियोगितामा नौवटा सिनेमा हलका टोलीको सहभागिता रहने छ । प्रतियोगिताको समूह विभाजन बुधबार गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा बिग मुभिज, बीएसआर मुभिज, सीके सिनेमा, एफक्युब सिनेमा, आईएनआई सिनेमा, कीर्तिपुर सिनेप्लेक्स, वन सिनेमा, क्यूएफएक्स सिनेमा र रञ्जना सिनेप्लेक्सको सहभागिता रहने पनि आयोजकले जनाएको छ ।
प्रतियोगिता असोज ६ देखि ८ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताका खेलहरु ढुकु स्पोर्टस हबमा सञ्चालन हुने बताइएको छ । प्रतियोगिताका सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिने छ । लिग चरणको समाप्तिपछि दुबै समूहबाट दुई–दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
प्रतियोगिताको लिग चरणको खेल असोज ६ गते हुनेछ । असोज ७ गते दुबै सेमिफाइनल खेल खेलाइने छ । प्रतियोगिताको फाइनल खेल असोज ८ गते हुनेछ । अन्तर सिनेमा फुटसल प्रतियोगिता पहिलो पटक आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६० वर्ष उमेर पूरा भइसकेका विद्यालय कर्मचारीहरूलाई नहटाउन आग्रह
-
नेदरल्यान्ड्सविरुद्ध मोरक्को : मैदानको भिडन्तभन्दा पर आप्रवासन र पहिचानको कथा
-
मकवानपुरका सीडीओले भनेः चिकित्सकको पर्चाबिना औषधि नबेच्नू
-
कलाकारहरूले मनाए धान दिवस
-
संविधान ब्रेल लिपीमा प्रकाशन गरी निःशुल्क वितरण गर्न सरकारका नाममा परमादेश
-
विपद् प्राधिकरणको ‘रेड अलर्ट’, सडक विभागको ‘हाइ अलर्ट’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण