एकाएक सञ्जालमा भाइरल बने विश्व क्रिकेटकै सबैभन्दा मोटा खेलाडी रहकिम !
काठमाडौँ । अहिले चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता ‘क्यारेबियन प्रिमियर लिग’ सञ्चालन भइरहेको छ । क्यारेबियन प्रिमियर लिगको जारी संस्करणमा विभिन्न ६ वटा टोलीको सहभागिता रहेको छ ।
जारी संस्करणमा पनि विश्वका चर्चित क्रिकेटरले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगितामा मंगलबार राति बार्बाडस रोयल्स र सेन्ट किट्स एन्ड नेभिस प्याट्रियोट्सबिच खेल भएको थियो ।
त्यो खेलमा बार्बाडस रोयल्सले सेन्ट किट्स एन्ड नेभिसलाई नौ विकेटको फराकिलो अन्तरले हराएको थियो । अहिले सामाजिक सञ्जालमा त्यो खेलको ब्यापक चर्चा भइरहेको छ ।
खेलको नतिजाभन्दा पनि एक खेलाडीका कारण त्यो खेल सामाजिक सञ्जालमा चर्चित बन्न पुगेको हो । खासमा, त्यो खेलमा बार्बाडस रोयल्सलाई जिताउन रहकिम कर्नवालको भूमिका महत्वपूर्ण रहेको थियो ।
वेस्ट इन्डिजका खेलाडी रहकिम एक्लैले पाँच विकेट लिएपछि बार्बाडस रोयल्सको सजिलो जित सम्भव भएको थियो । जारी सिजनको क्यारेबियन लिग सुरु भएदेखि नै रहकिम चर्चामा थिए । समकालीन विश्व क्रिकेटकै सबैभन्दा मोटा खेलाडीका रुपमा समाजिक सञ्जाल र समाचारहरुमा उनको चर्चा हुने गरेको थियो ।
समाचारहरुमा दाबी गरिए अनुसार, उनी वर्तमान विश्व क्रिकेटकै सबैभन्दा मोटा खेलाडी हुन् र उनको वजन एक सय ४० किलो रहेको छ । सेन्ट किट्स एन्ड नेभिसविरुद्धको खेलमा पाँच विकेट लिएपछि त उनको चर्चा झनै चुलिएको छ ।
पाँच विकेट हात पार्ने क्रममा उनले चार ओभर बलिङ गर्दै केवल १६ रन खर्चिएका थिए । मैदानमा जमिसकेका सेन्ट किट्स एन्ड नेभिसका ओपनर ब्याट्सम्यान आन्द्रे फ्लेचर (३२ रन) को विकेट पनि उनले नै लिएका थिए ।
६ फिटभन्दा पनि अग्ला खेलाडी रहकिमले टी–२० क्रिकेटको एउटै खेलमा पाँच विकेट लिएको यो पहिलो पटक हो । रहकिमका अतिरिक्त नविन उल हकले पनि सेन्ट किट्स एन्ड नेभिसको तीन विकेट लिएका थिए ।
३१ वर्षीय रहकिमले वेस्ट इन्डिजको राष्ट्रिय टोलीबाट पनि १० वटा टेस्ट खेलिसकेका छन् । टेस्ट क्रिकेटको १७ पालीमा उनले कुल दुई सय ६१ रन बनाएका छन् भने ३५ विकेट हात पारेका छन् । उनले एकदिवसीय अन्तर्राष्ट्रिय र टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता भने खेलेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रिकामा पोको पारेको खानेकुरा खाँदा क्यान्सर हुन्छ ?
-
फ्राइडे रिलिज : देशभर ‘गौँथली’ प्रदर्शनमा
-
७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सर्तमा उखु किसान सङ्घ रौतहटको आन्दोलन स्थगित
-
बागमती प्रदेशमा आजदेखि ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
-
यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण