अग्रिम टिकट बुकिङबारे यातायात व्यवसायीसँग छलफल गर्दै मन्त्रालय
बुधबार, ०२ असोज २०८१, १२ : ५४
काठमाडौँ । दसैँका लागि यातायात सञ्चालनको सम्बन्धमा छलफल गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यातायात व्यवसायीलाई बोलाएको छ । मन्त्रालयले बुधबार अपराह्नका लागि छलफलका लागि डाकेको नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष विजय स्वाँरले जानकारी दिए ।
छलफलको क्रममा मुख्यतया सडकको अवस्था, रुट परमिट खुला गर्ने तथा अग्रिम टिकट बुकिङको सम्बन्धमा छलफल हुने उनले बताए ।
आजको छलफलपछि यातायात व्यवस्था विभागको नेतृत्वमा व्यवसायी र मजदुर सम्मिलित कार्यदलले यसको व्यवस्थापन गर्नेछ ।
यो वर्ष पनि पोहोरजस्तै दसैँ आउनुभन्दा एक साता अघि मात्रै बुकिङ खुला हुने सम्भावना रहेको स्वाँरको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण