जिल्ला तेक्वान्दो संघसहित तीन संस्थाबाट पलेशा नगदसहित सम्मानित
काठमाडौँ । काठमाडौँ जिल्ला तेक्वान्दो संघले पेरिस पारा ओलम्पिकमा देशका लागि ऐतिहासिक कांस्य पदक जित्ने तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई बुधबार नगद पुरस्कारसहित सम्मान गरेको छ ।
पलेशालाई एक लाख ३८ हजार रुपैयाँ नगदसहित प्रशंसापत्रबाट सम्मान गरिएको जानकारी काठमाडौँ जिल्ला तेक्वान्दो संघका सचिव गौरव रजकले दिए । पलेशाका प्रशिक्षक कविराज नेगी लामालाई पनि ५८ हजार रुपैयाँसहित सम्मान गरिएको छ ।
यसैगरी, पेरिस पारा ओलम्पिकमा सहभागी तेक्वान्दो खेलाडी भरतसिंह महतालाई १० हजार नगदसहित सम्मान गरिएको छ । व्यवस्थापक रामचन्द्र श्रेष्ठ भने प्रशंसापत्रबाट सम्मानित भएका छन् । पलेशाका पिता प्रदीपलाई मायाको चिनो प्रदान गरिएको छ ।
नेपाल च्याम्बर अफ कमर्सका सदस्य रुपकराज बन्सी, काठमाडौँ जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीलगायतले उनीहरूलाई सम्मान गरेका थिए । सोही अवसरमा सिद्धार्थ बनस्थली इन्टिच्युटले पनि पलेशालाई छुट्टै नगदसहित सम्मान गरेको छ ।
बन्सीले पलेशालाई ५० हजार रुपैयाँसहित सम्मान गरे । बुधबार नै काठमाडौँ महानगरपालिका वडा ८ ले पनि पलेशा र प्रशिक्षक लामालाई नगदसहित सम्मान गर्यो । वडा अध्यक्ष आसामान संगतले दुवैलाई जनही ५१ हजार रुपैयाँसहित सम्मान गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण