जिल्ला तेक्वान्दो संघसहित तीन संस्थाबाट पलेशा नगदसहित सम्मानित

काठमाडौँ । काठमाडौँ जिल्ला तेक्वान्दो संघले पेरिस पारा ओलम्पिकमा देशका लागि ऐतिहासिक कांस्य पदक जित्ने तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई बुधबार नगद पुरस्कारसहित सम्मान गरेको छ ।
पलेशालाई एक लाख ३८ हजार रुपैयाँ नगदसहित प्रशंसापत्रबाट सम्मान गरिएको जानकारी काठमाडौँ जिल्ला तेक्वान्दो संघका सचिव गौरव रजकले दिए । पलेशाका प्रशिक्षक कविराज नेगी लामालाई पनि ५८ हजार रुपैयाँसहित सम्मान गरिएको छ ।
यसैगरी, पेरिस पारा ओलम्पिकमा सहभागी तेक्वान्दो खेलाडी भरतसिंह महतालाई १० हजार नगदसहित सम्मान गरिएको छ । व्यवस्थापक रामचन्द्र श्रेष्ठ भने प्रशंसापत्रबाट सम्मानित भएका छन् । पलेशाका पिता प्रदीपलाई मायाको चिनो प्रदान गरिएको छ ।
नेपाल च्याम्बर अफ कमर्सका सदस्य रुपकराज बन्सी, काठमाडौँ जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीलगायतले उनीहरूलाई सम्मान गरेका थिए । सोही अवसरमा सिद्धार्थ बनस्थली इन्टिच्युटले पनि पलेशालाई छुट्टै नगदसहित सम्मान गरेको छ ।
बन्सीले पलेशालाई ५० हजार रुपैयाँसहित सम्मान गरे । बुधबार नै काठमाडौँ महानगरपालिका वडा ८ ले पनि पलेशा र प्रशिक्षक लामालाई नगदसहित सम्मान गर्यो । वडा अध्यक्ष आसामान संगतले दुवैलाई जनही ५१ हजार रुपैयाँसहित सम्मान गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राक्सिराङमा बोलेरो दुर्घटना : ९ जना घाइते, ६ जनाको अवस्था गम्भीर
-
कोशी प्रदेश सभाका अधिकांश सांसद भ्रमणमा व्यस्त, संसदीय गतिविधि ठप्प
-
भारत पाकिस्तान तनाव : कश्मीरका विद्यालय बन्द, परीक्षा स्थगित
-
तीन तलामाथिबाट खसेर वृद्धाको मृत्यु
-
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
कञ्चनपुर–कमला सडक विस्तारः लहानमा ‘ओभरपास’ निर्माण थालियो