पुलिस क्लब अझै अपराजित, चन्द्रपुर नगरपालिकासँग अङ्क बाँड्यो
काठमाडौँ । एन्फा महिला लिग फुटबल प्रतियोगिताको बुधबार सम्पन्न खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र चन्द्रपुर नगरपालिकाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । जारी प्रतियोगितामा पुलिस क्लब अझै अपराजित छ ।
हालसम्म ६ खेल खेलेको पुलिस क्लब तीन जित र तीन बराबरीबाट १२ अंक बटुल्दै तालिकाको तेस्रो स्थानमा आसिन छ । पुलिसका अतिरिक्त अर्को विभागीय टोली एपीएफ क्लबमात्र जारी प्रतियोगितामा अपराजित रहेको छ ।
लिग तालिकाको पहिलो स्थानमा आसिन एपीएफ क्लबले हालसम्म पाँच जित र एक बराबरीबाट १६ अंक जोडेको छ । हालसम्म ६ खेल खेलेको चन्द्रपुर नगरपालिका भने सात अंकसहित तालिकाको छैटौँ स्थानमा आसिन छ ।
चन्द्रपुर नगरपालिकाले एक जित, चार बराबरी र एक हारको नतिजा निकालेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)द्वारा जारी महिला लिगमा १० वटा क्लबको सहभागिता रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशले भने हालसम्म एक जित पनि हात पार्न सकेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण