सरकारको प्राथमिकतामा बर्दिबाससम्मको रेल नेटवर्क छ : मन्त्री दाहाल
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सरकारको प्राथमिकतामा बर्दिबाससम्मको रेल नेटवर्क रहेको बताएका छन् । नेपाल बुद्धिजीवी परिषद्ले आयोजना गरेको नेपालमा रेलवे विकासको रोडम्याप अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘प्राथमिकता भनेको बर्दिबाससम्मको रेल नेटवर्क हो । यो २१० किलोमिटर रहेको छ । यसमा रक्सौल–निजगढ, निजगढ बर्दिबास, जनकपुर–जयनगर प्राथमिकता हो,’ उनले भने, ‘निजगढलाई टान्सपोर्टेसनको प्राथमिक केन्द्रको रूपमा विकसित गर्न खोजेका छौँ । यसलाई अलिकति व्यवस्थित गर्न सकियो भने त्यसलाई काठमाडौँदेखि लिएर चीनसँग पनि जोड्न सक्छौँ ।’
मन्त्री दाहालले ट्रान्स एसियन रेलवे अवधारणसँगै जाने हो भने रेलवे नेटवर्कलाई अन्तर्राष्ट्रिय रेलवेसँग जोड्न सकिने बताए । अन्तर्राष्ट्रिय रेलवे नेटवर्कसँग नजोडी नेपालमा मात्रै सीमित गर्दा महँगो पर्ने उनले बताए । रेलवे निर्माणका लागि थुप्रै समस्याहरू रहेको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण