सरकारको प्राथमिकतामा बर्दिबाससम्मको रेल नेटवर्क छ : मन्त्री दाहाल
_RnVFSFUHCq.png)
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सरकारको प्राथमिकतामा बर्दिबाससम्मको रेल नेटवर्क रहेको बताएका छन् । नेपाल बुद्धिजीवी परिषद्ले आयोजना गरेको नेपालमा रेलवे विकासको रोडम्याप अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘प्राथमिकता भनेको बर्दिबाससम्मको रेल नेटवर्क हो । यो २१० किलोमिटर रहेको छ । यसमा रक्सौल–निजगढ, निजगढ बर्दिबास, जनकपुर–जयनगर प्राथमिकता हो,’ उनले भने, ‘निजगढलाई टान्सपोर्टेसनको प्राथमिक केन्द्रको रूपमा विकसित गर्न खोजेका छौँ । यसलाई अलिकति व्यवस्थित गर्न सकियो भने त्यसलाई काठमाडौँदेखि लिएर चीनसँग पनि जोड्न सक्छौँ ।’
मन्त्री दाहालले ट्रान्स एसियन रेलवे अवधारणसँगै जाने हो भने रेलवे नेटवर्कलाई अन्तर्राष्ट्रिय रेलवेसँग जोड्न सकिने बताए । अन्तर्राष्ट्रिय रेलवे नेटवर्कसँग नजोडी नेपालमा मात्रै सीमित गर्दा महँगो पर्ने उनले बताए । रेलवे निर्माणका लागि थुप्रै समस्याहरू रहेको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
यस्ताे छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
मनसुनीसहित चार वायु थप सक्रिय, आज यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
-
जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा
-
पश्चिम नवलपरासीमा श्रावणी महामहोत्सवको तयारी सुरु
-
ज्योति भण्डारीलाई प्रहरीले कम्बोडियाबाट ल्यायो काठमाडौँ