बसाइँसराइँ रोक्ने गठबन्धन सरकारको आइडिया– राजमार्गहरुमा समानान्तर कृषि उत्पादन करिडोर बनाउने
काठमाडौँ । कांग्रेस–एमालेको गठबन्धन सरकारले बढ्दो बसाइँसराइँबारे चिन्ता जाहेर गरेको छ । पछिल्लो समय गाउँहरु रित्तिने क्रम बढिरहेको बेला सरकारले यो विषयमा आफ्नो ‘साझा सङ्कल्प तथा नीतिगत प्रतिबद्धता’मा उल्लेख गरेको छ ।
जसअनुसार साइँसराइँको क्रमलाई न्यून गर्न विभिन्न राजमार्गहरुमा समानान्तर कृषि उत्पादन करिडोर निर्माण गर्ने उल्लेख छ । ‘पहाड र ग्रामीण क्षेत्रमा चुनौतीपूर्ण बनेको बसाइँसराइँको क्रमलाई न्यून गर्न विभिन्न राजमार्गहरुमा समानान्तर कृषि उत्पादन करिडोर निर्माण गरिनेछ’, बुधबार मन्त्रिपरिषद्बाट पारित साझा संकल्प तथा प्रतिबद्धतामा भनिएको छ ।
यस्तै सूचना प्रविधिको सम्भावनालाई अधिकतम सदुपयोग गर्दै युवा रोजगारी र स्वरोजगारी तथा निर्यात व्यापारको माध्यमका रुपमा विकास गरिने उल्लेख छ । ‘आधुनिक सञ्चारमार्फत् जनताको सुसूचित हुने अधिकारको प्रत्याभूति गर्ने, प्रविधिमार्फत शिक्षा, स्वास्थ्य, उत्पादनलगायत जीवनका सबै क्षेत्रलाई सहज तुल्याउने काम गर्ने नीति लिइनेछ’, प्रतिबद्धतामा उल्लेख छ।
यस्तै विकासका आयोजनाहरु घोषणा हुने तर पर्याप्त बजेट र जनशक्तिको अभाव लगायत कारणले बर्षौसम्म पूरा नहुने अवस्था अन्त्य गरिन पनि गठबन्धन सरकारले प्रतिबद्धता जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरको पानी ट्याङ्कीमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण