स्व. हरिप्रसाद रिमाल राष्ट्रिय नाटक महोत्सवमा ‘घरजम’ उत्कृष्ट
काठमाडौँ । गायक, रङ्गकर्मी, अभिनेता स्व. हरिप्रसाद रिमाल शतवार्षिकी पारेर आयोजना भएको ‘राष्ट्रिय नाटक महोत्सव २०८१’मा नाटक घरजमले प्रथम पुरस्कार जितेको छ । कोशी प्रदेशबाट चेतना नाट्य समूह इलामको प्रस्तुति नाटकमा माधव भण्डारीको लेखन छ । यही नाटकबाट सुरेश पोर्तेल र अन्वेश थुलुङ राईले निर्देशक तथा भावना खपाङ्गी मगरले अभिनेत्रीको अवार्ड चुमे ।
बुधबार राष्ट्रिय नाचघर जमलमा सम्पन्न महोत्सवमा राष्ट्रिय नाटक महोत्सव २०८१ मा विभिन्न विधाका विजयी तथा कला तथा पत्रकारिता क्षेत्रमा योगदान दिने व्यक्तित्वलाई सम्मान तथा पुरस्कार प्रदान गरियो ।
कार्यक्रममा लुम्बिनी प्रदेशबाट सहभागी शैक्षिक विकृतीसम्बन्धि गणेशप्रसाद पौडेलको लेखन र बिसालकुमार केसीको निर्देशन रहेको नाटक निब दोस्रो भयो । सोही नाटकबाट सोमनाथ खनालले अभिनेताको अवार्ड चुमे । बागमती प्रदेशबाट सहभागी श्रीकृष्ण शाहीको लेखन, निर्देशन र प्रस्तुतिको सिल्भिया तेस्रो भएको छ ।
कार्यक्रमका प्रतिष्ठानका अध्यक्ष वासुदेव त्रिपाठी, रिमालकी सञ्चारकर्मी पत्नी कल्याणी रिमाल, सदस्य सचिव सम्राट् सापकोटालगायतले महोत्सवमा विजयी हुने ट्रफी र सम्मानपत्र सहित पुरस्कार प्रदान गरे । महोत्सवमा एक लाख, ५० हजार र २५ हजार क्रमस प्रथम, दोस्रो र तेस्रोले प्राप्त गरे । नाटकका उत्कृष्ट निर्देशक, अभिनेता र अभिनेत्रीलाई पुरस्कार स्वरूप जनही नगद १५ हजार रुपियाँ प्रदान गरियो ।
कार्यक्रममा वर्ष २०७९ को हरिप्रसाद कल्याणी रिमाल नाट्य सङ्गीत पुरस्कारबाट गणेश रसिक, हरिप्रसाद कल्याणी रिमाल नाट्य सङ्गीत विशेष पुरस्कारबाट गायक सुदेश शर्मा, हरिप्रसाद कल्याणी रिमाल सञ्चार सेवा सम्मानबाट पुरुषोत्तम सापकोटा र हरि प्रसाद कल्याणी विशेष सञ्चार सेवा सम्मान पुरस्कारबाट सञ्चारकर्मी भाष्करराज राजकर्णिकारलाई पुरस्कृत गरियो ।
त्यस्तै २०८० को हरिप्रसाद कल्याणी रिमाल नाट्य सङ्गीत सम्मान पुरस्कारबाट मदनदास श्रेष्ठ सम्मानित भए भने हरिप्रसाद कल्याणी रिमाल नाट्य सङ्गीत विशेष पुरस्कारबाट रङ्गकर्मी अनुप बराल, हरिप्रसाद कल्याणी रिमाल सञ्चार सेवा सम्मानबाट सूर्य कुमारी पन्त, हरि प्रसाद कल्याणी विशेष सञ्चार सेवा सम्मान पत्रकार अनन्त वाग्ले प्राप्त गरे । हरिप्रसाद कल्याणी रिमाल नाट्य सङ्गीत पुरस्कारको राशि ३१ हजार एक र अन्य पुरस्कारको राशि २१ हजार एक रुपियाँ रहेको छ ।
समारोहमा सम्मानित व्यक्तित्वबारे पत्रकार विदुर गिरी, नाट्यकर्मी पुष्कर गुरुङ, अभिनेता तथा रंगकर्मीद्धय सम्राट् सापकोटा र वीरेन्द्र हमाल तथा सञ्चारकर्मी सोमराज सुवेदीले प्रकाश पारेका थिए ।
महोत्सवमा सुदूरपश्चिम बाहेक ६ प्रदेशका विभिन्न स्थानबाट प्रतिस्पर्धाका लागि आएका नाटक मध्ये निर्णायक समूहले चयन गरेका ६ नाटक प्रदर्शन गरेको थियो । नाट्यकर्मी अशेष मल्ल, हरि बहादुर थापा र पुष्कर गुरुङ निर्णायक रहेको महोत्सवमा सती कलसा, निब, नाच नौवरंगी, लासको खेती र सिल्भियाले प्रतिस्पर्धा गरेका थिए । नाटकका विजेता कलाकारले निर्णायकमध्येका एक पुष्कर गुरुङको आगामी फिल्ममा अभिनयको मौका पाउनेछन् ।
समारोहमा शिखर कलाकार हरिप्रसाद रिमाल नामक पुस्तक पनि लोकार्पण गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
-
मोदी खोलाको बाढीले घर र रेस्टुरेन्ट बगायो
-
देशभर वर्षा: विशेष सतर्कता अपनाउन आग्रह
-
कतारका पूर्व अमिरको निधनमा भारतमा एक दिने राष्ट्रिय शोक घोषणा
-
सम्झौता हुन लागेकै बेला इरानले आक्रमण गर्यो: राष्ट्रपति ट्रम्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण