घरेलु मैदानमै इन्टर मिलानसँग बराबरीमा रोकियो म्यानचेस्टर सिटी
काठमाडौँ । म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबलको लिग चरणमा निराशाजनक सुरुआत गरेको छ । घरेलु मैदानमा खेलिएको खेलमा म्यानचेस्टर सिटी इटालियन प्रतिद्वन्द्वी इन्टर मिलानसँग गोलरहित बराबरीमा रोकियो ।
प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले घरेलु मैदानमा स्वाभाविक खेल प्रदर्शन गर्न सकेन । सिटी पाँच वर्षपछि घरेलु मैदानमा इन्टर मिलानसँग गोलरहित बराबरीमा रोकिएको हो ।
पहिलो खेलमै बराबरी खेलेपछि सिटी ३६ टोली सहभागी लिगको १४औँ स्थानमा छ । सन् २०२२–०२३ सिजनको विजेता सिटी यसपटक पनि उपाधि जित्ने योजनामा छ । पेप ग्वार्डिओलाको प्रशिक्षकत्वमा रहेको म्यानचेस्टर सिटी यो सिजन उपाधि जित्ने योजनामा छ ।
तर, पहिलो खेलमै बराबरीमा रोकिएपछि म्यान सिटीको त्यो अभियानमा धक्का लागेको छ । प्रभावशाली खेलाडी केभिन डी ब्रुन घाइते भएर दोस्रो हाफको प्रारम्भमै मैदानबाट बाहिरिएपछि म्यान सिटी थप दबाबमा परेको थियो ।
उक्त खेलमा इन्टर मिलानका गोलरक्षक यान सोमरको प्रदर्शन उत्कृष्ट रह्यो । उनले विपक्षी खेलाडीका पाँचवटा उत्कृष्ट प्रहारलाई जोगाएपछि नै इन्टर मिलान सम्भावित हारबाट जोगिएको हो । जारी सिजनको लिग चरणमा ३६ टोली सहभागी छन् ।
म्यानचेस्टर सिटी एक खेलबाट एक अंक बटुल्दै तालिकाको ११औँ स्थानमा आसीन छ । इन्टर मिलान पनि एक खेलबाट एक अंक जोड्दै तालिकाको १०औँ स्थानमा छ । म्यानचेस्टर सिटीले सन् २०२३ मा च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ
-
लालबकैया बाँधको उच्चस्तरीय अनुगमन, बाढी जोखिम न्यूनीकरणमा सतर्कता अपनाइने
-
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान
-
बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)
-
काठमाडौँको बौद्धमा युवतीले गरिन् आत्मदाह प्रयास
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण