घरेलु मैदानमै इन्टर मिलानसँग बराबरीमा रोकियो म्यानचेस्टर सिटी

काठमाडौँ । म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबलको लिग चरणमा निराशाजनक सुरुआत गरेको छ । घरेलु मैदानमा खेलिएको खेलमा म्यानचेस्टर सिटी इटालियन प्रतिद्वन्द्वी इन्टर मिलानसँग गोलरहित बराबरीमा रोकियो ।
प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले घरेलु मैदानमा स्वाभाविक खेल प्रदर्शन गर्न सकेन । सिटी पाँच वर्षपछि घरेलु मैदानमा इन्टर मिलानसँग गोलरहित बराबरीमा रोकिएको हो ।
पहिलो खेलमै बराबरी खेलेपछि सिटी ३६ टोली सहभागी लिगको १४औँ स्थानमा छ । सन् २०२२–०२३ सिजनको विजेता सिटी यसपटक पनि उपाधि जित्ने योजनामा छ । पेप ग्वार्डिओलाको प्रशिक्षकत्वमा रहेको म्यानचेस्टर सिटी यो सिजन उपाधि जित्ने योजनामा छ ।
तर, पहिलो खेलमै बराबरीमा रोकिएपछि म्यान सिटीको त्यो अभियानमा धक्का लागेको छ । प्रभावशाली खेलाडी केभिन डी ब्रुन घाइते भएर दोस्रो हाफको प्रारम्भमै मैदानबाट बाहिरिएपछि म्यान सिटी थप दबाबमा परेको थियो ।
उक्त खेलमा इन्टर मिलानका गोलरक्षक यान सोमरको प्रदर्शन उत्कृष्ट रह्यो । उनले विपक्षी खेलाडीका पाँचवटा उत्कृष्ट प्रहारलाई जोगाएपछि नै इन्टर मिलान सम्भावित हारबाट जोगिएको हो । जारी सिजनको लिग चरणमा ३६ टोली सहभागी छन् ।
म्यानचेस्टर सिटी एक खेलबाट एक अंक बटुल्दै तालिकाको ११औँ स्थानमा आसीन छ । इन्टर मिलान पनि एक खेलबाट एक अंक जोड्दै तालिकाको १०औँ स्थानमा छ । म्यानचेस्टर सिटीले सन् २०२३ मा च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् पोलमा ठोक्किएर मोटरसाइकलसहित झाडीमा बेपत्ता युवकको शव भेटियो
-
सीता महोत्सवमा सार्वजनिक विदा दिन माग
-
प्रिसा मृत्युबारे सत्य तथ्य पत्ता लगाउन सरकारलाई सभामुखको निर्देशन
-
रेशम चौधरी पक्राउबारे प्रधानमन्त्रीको जवाफ माग, नभए सरकार छाड्ने नाउपाको चेतावनी
-
नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा छलफल सुरु
-
चार वटा व्यापारिक फर्मलाई ६ लाख २५ हजार रुपैयाँ जरिवाना