जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु
काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको आज दोस्रो दिन पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा भर्खरै बैठक सुरु भएको छ । गत साउन २७ गतेदेखि ३० गते सम्पन्न भएको केन्द्रीय समिति बैठकपछि पूर्णता: पाएको यो कार्यकारिणी समितिको प्रथम बैठक हो । ३४ सदस्यीय यो बैठक भोलि शुक्रबार सम्पन्न हुनेछ ।
बैठकले नेतृत्व एवं कार्यकारिणी समितिको जिम्मेवारी निर्धारण गर्नुका साथै केन्द्रीय विभागहरू गठन, केन्द्रीय सचिवालय गठन, केन्द्रीय कार्यालय समिति गठन, प्रदेश स्तरीय अभियान परिचालन, अनुगमन र निरीक्षण गर्नेछ । त्यस्तैगरी, हाल जारी रहेको जनतासँग जसपा नेपाल अभियानको समीक्षा र यसको प्रभावकारिता, पेशागत एवं भातृ सङ्गठनहरूको परिचालन, अनुगमन, निरीक्षण र समन्वय लगायत बैठकको मुख्य एजेन्डा रहेको बताइएको छ ।
जसपा नेपालको कार्यकारिणी समिति र केन्द्रीय समितिले पूर्णतः पाइसकेको छ । गत जेष्ठमा जनकपुरमा सम्पन्न महाधिवेशनले पार्टी केन्द्रीय अध्यक्ष उपेन्द्र यादवलाई कार्यकारिणी समिति र केन्द्रीय समिति मनोनयन गर्ने जिम्मेवारी दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण