जसपा नेपाल बैठक : जिम्मेवारी बाँडफाँटका सम्बन्धमा छलफल
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बालकुमारीस्थित पार्टी कार्यालयमा जारी छ । गत साउन २७ गतेदेखि ३० गते सम्पन्न भएको केन्द्रीय समिति बैठकपछि पूर्णता: पाएको यो कार्यकारिणी समितिको पहिलो बैठक हो ।
बैठकमा नेताकोहरुको कार्यविभाजन तथा विभागहरू गठनका बारेमा छलफल भइरहेको बताइएको छ । बैठकमा केन्द्रीय सचिवालय गठन, केन्द्रीय कार्यालय समिति गठन, केन्द्रीय विभागहरू गठन गर्ने सम्बन्धमा छलफल भइरहेको छ ।
सो पार्टीको जारी रहेको चार महिने अभियानको अनुगमन तथा प्रदेशस्तरीय अभियान परिचालन, अनुगमन र निरीक्षण, विभिन्न दलसँग समन्वय गर्ने, भातृ सङ्गठन परिचान, अनुगमन समन्वय तथा निरीक्षण, पेसागत सङ्गठन तथा विभागहरूको परिचालन, अनुगमन निरीक्षण समन्वयलगायतको विषयमा छलफल भइरहेको पार्टीका प्रवक्ता मनिष सुमनले बताए ।
केन्द्रीय समिति तथा पदाधिकारी चयन गरेपछि पार्टीमा देखिएको असन्तुष्टिहरूको बारेमा पनि छलफल भइरहेको बैठकमा सहभागी एक नेताले बताए । ती नेताका अनुसार पार्टीभित्र देखिएको असन्तुष्टिलाई समयमा समाधान गर्न पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई नेताहरूले सुझाव दिएका छन् ।
बैठकमा पदाधिकारी तथा कार्यकारिणीमा आउनुपर्ने कतिपय नेताहरू छुटेको धारणा समेत बैठकमा नेताहरूले राखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण