आइतबार, २५ जेठ २०८२
ताजा लोकप्रिय

प्रमोद खरेलको नयाँ गीत ‘एक कदम’ सार्वजनिक

बिहीबार, ०३ असोज २०८१

काठमाडौँ । गायक प्रमोद खरेलको नयाँ गीत ‘एक कदम’ सार्वजनिक गरिएको छ । विष्णु भण्डारीको शब्द, भिम बिसिको संगीत, श्यामस्वत रसैलीको संगीत संयोजन रहेको गीतमा गायक खरेललाई स्वरमा भिम बिसि, मनोज खनाल, दिनेश बिष्टले साथ दिएका छन् । 

गीतमा सार्वजनिक सुरक्षाका सन्दर्भमा सदा अग्रपंक्तिमा रहने प्रहरीको विषयवस्तु छ । कानुन कार्यान्वयन, अपराध नियन्त्रण र रोकथाम तथा सार्वजनिक सुव्यवस्था कायम गरी आम नागरिक र सम्पत्तिको रक्षा गर्ने प्रहरी संगठनको हरेक कुरो समेटिएको छ । 

भिडियोमा दिनेश विष्ट, भिम खड्का, दिपा पनेरु, प्रियंका शिवाकोटी, हीर शाही ‘संगीता’, ओम प्रसाद शिवाकोटी, विशाल नेपाल, निर्मल बिष्ट, रोहित घिमिरे, सुक्मन जंग अश्रपती, रोशन बोगटी, दिनेश जोशी, बिरेन्द्र कलेल, अर्जुन बमलगायतको अभिनय छ । 

प्रकाश खड्काको छायांकन रहेको भिडियो विक्रम चौहानले निर्देशन गरेका हुन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया