बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’

बुधबार, ०६ साउन २०८३, १९ : ५७
बुधबार, ०६ साउन २०८३

चितवन । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले तीनै तहका पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्ने बताएका छन्।

कांग्रेस चितवनले ४४ औँ बिपी स्मृति दिवसका अवसरमा बुधबार आयोजना गरेको ‘लोकतन्त्रका चुनौती र हाम्रो जिम्मेवारी’ विषयक विचार गोष्ठी तथा जरा अभियान २०८३ को समापन कार्यक्रममा उनले लोकतन्त्रको रक्षाका लागि कांग्रेसले अग्रज, समकालीन र जेनजी पुस्तालाई सम्मान गरेर अघि बढ्नुपर्ने बताए।

उनले भने, “अहिलेको नेतृत्वले तीन पुस्ताको सम्मान गरेर लोकतन्त्रको रक्षाका लागि लड्ने समय आएको छ ।” बिपी विचारलाई सम्मान गर्दै बिपीका मार्गअनुसार अघि बढ्दै जनताको भावनाअनुसार काम गर्न आवश्यक रहेको उहाँको भनाइ थियो । लोकतन्त्रको दीपलाई सबैले जोगाउनुपर्ने भन्दै उनले कांग्रेस हुनुको पहिचना गुमेको जस्तो पाटोबाट उठाएर कांग्रेसले पुर्नजीवन दिन जरुरी रहेको बताए।

कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवं बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनिया, नेपाली कांग्रेसका नेता डा. केदारनरसिंह केसी, राष्ट्रियसभा सदस्य गीता देवकोटालगायतले बिपीको विचार अनुसरण गर्न पछि पर्दा कांग्रेसमा अहिलेको अवस्था आएको बताउनुभयो । उहाँहरूले कांग्रेस बलियो बनाउन बिपीको मार्ग दर्शलाई अङ्गिकार गर्नुपर्ने बताए।

सो अवसरमा प्रजातान्त्रिक विचार समाज चितवनका सचिव डा. केशवराज चालिसेले बिपी कोइरालाको समग्र व्यक्तित्व र वामपन्थी बुद्धिजीवी रमाकान्त सापकोटाले बिपी कोइरालाको राजनीतिक व्यक्तित्वका बारेमा आफ्ना विचार राखेका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप