त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
काठमाडौँ । मुलुकको जेठो र ठुलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिकोत्सवका अवसरमा विभिन्न प्राध्यापक तथा कर्मचारीलाई बुधबार दीर्घसेवा पदक वितरण गरिएको छ।
कीर्तिपुरस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उपकुलपति प्रा.डा. भेला थापाले सो पदक वितरण गरेका हुन्। विश्वविद्यलयमा २५ वर्षदेखि निरन्तर सेवा गर्ने शिक्षक कर्मचारीलाई सेवा अवधिमा एक पटक यस्तो पदक दिने गरिन्छ। कार्यक्रममा शिक्षकतर्फ १४२ र कर्मचारीतर्फ ४१ जनालाई पदक प्रदान गरिएको छ। सो अवसरमा त्रिवि सेवा आयोगका अध्यक्ष किशोर थापा, सिटेनका सदस्यहरूको उपस्थिति थियो।
उपकुलपति डा. थापाले उत्कृष्ट शिक्षा, अनुसन्धान र नवप्रवर्तनमार्फत आफ्ना सम्भावनाहरू उजागर जानुपर्ने बताउँदै विज्ञ प्राध्यापक, कर्मचारी र अनुसन्धानकर्मीलगायत सबैको रचनात्मक सहयोगमा उपलब्ध समग्र सुधारका लागि आव्हान गरे।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण