फोनपेद्वारा सुपर यात्रा अभियान घोषणा
फोनपेले २ असोज “सुपर यात्रा” अभियान सुरु गरेको छ। दसैँ र तिहारमा हवाई टिकटको खरिदमा आकर्षक क्यासब्याक पुरस्कार
यो अभियानमार्फत प्रदान गरिने कम्पनीको भनाइ छ।
जसअनुसार नयाँ प्रयोगकर्ताहरूले पहिलो हवाई टिकट बुकिङमा रु. ३०० क्यासब्याक प्राप्त गर्नेछन् । जबकि विद्यमान प्रयोगकर्ताहरूले टिकट खरिदमा रु. २०० क्यासब्याकको लाभ लिन सक्नेछन्।
यी क्यासब्याक प्रस्तावहरूको अतिरिक्त, फोनपेले रोचक गिफ्टहरूको पनि घोषणा गरेको छ। जसअनुसार एक भाग्यमानी विजेताले एक वर्षका लागि निःशुल्क हवाई टिकट प्राप्त गर्नेछन् भने हरेक हप्ता पाँच भाग्यमानी सहभागीहरूले स्मार्टवाच जित्ने अवसर पाउनेछन् ।
“दशैं र तिहार नेपालमा प्रमुख यात्रा सिजनहरू हुन्। ‘सुपर यात्रा’ अभियान मार्फत, हामी हाम्रा ग्राहकहरूलाई सस्तो र सुविधाजनक यात्रा विकल्पहरू प्रदान गर्न चाहन्छौं,” फोनपेका सीएसओ सुभोद शर्माले भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण