रविको ससुराको कम्पनीमा पनि गयो गोरखा मिडियाबाट पेस्की
काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने गोरखा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक रहँदा गोपीकृष्ण मुभिज प्रालिमा पनि रकम पेस्की गएको तथ्य बाहिर आएको छ । गोपीकृष्ण मुभिज रविका ससुरा तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता उद्धव पौडेलको संस्था हो ।
सूर्य थापा नेतृत्वको सहकारी बचत अपचलन छानबिन समितिले बुझाएको प्रतिवेदन अनुसार गोरखा मिडियाबाट गोपीकृष्ण मुभिज प्रालिमा ८१ लाख २५ हजार रुपैयाँ पेस्की गएको उल्लेख छ ।
उद्धव पौडेल रवि श्रीमती निकिता पौडेलको बुवा हुन् । ‘गोर्खा मिडिया नेटवर्क प्रालिले आर्थिक वर्ष २०७७/७८ मा गोपीकृष्ण मुभिज प्रालिलाई रू.२५,००,००० पेस्की दिएको र आर्थिक वर्ष २०७८/७९ मा थप रु। ६६,२५,००० गरी रु. ८१,२५,००० पेस्की फर्छ्यौट हुन बाँकी देखिन्छ‚’ प्रतिवेदनमा लेखिएको छ ।
यस्तै गोरखा मिडिया नेटवर्कबाट रास्वपा सहमहामन्त्री विपिन आचार्यको नोवोडी प्रोडक्सनमा ४ करोड २१ लाख ९३ हजार ७५० रुपैयाँ पेस्की गएको देखिन्छ । गोरखा मिडिया नेटवर्कमा २२,४६,३०,००० सूर्यदर्शन, सुप्रिम, सानो पाइला, स्वर्णलक्ष्मी, समानता, सहारा सहकारीबाट जम्मा भएको प्रतिवेदनमा उल्लेख छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण