हरिवंश आचार्यसहित १२ फिल्मकर्मी सम्मानित
काठमाडौँ । निर्देशक तुलसी घिमिरे, अभिनेता नीर शाह, अभिनेता हरिवंश आचार्यसहित १२ फिल्मकर्मी सम्मानित भएका छन् । संविधान जारी भएको ९ वर्ष पूरा भएको अवसरमा चलचित्र विकास बोर्डले शुक्रबार एक कार्यक्रमकाबिच १२ फिल्मकर्मीलाई ‘सांस्कृतिक रुपान्तरण पुरस्कार–२०८१’ प्रदान गरेको हो ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, मन्त्रालयकी सचिव राधिका अर्याल र बोर्ड अध्यक्ष दिनेश डिसीले पुरस्कार वितरण गरे । सोही अवसरमा मुलुकको सांस्कृतिक रुपान्तरणमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै फिल्म ‘बलिदान’का ५ जना सर्जक निर्देशक तुलसी घिमिरे, अभिनेता नीर शाह, अभिनेता हरिवंश आचार्य, संगीतकार श्याम तमोट र गायिका लोचन भट्टराई सम्मानित भए ।
कार्यक्रममा अभिनेता रमेशरञ्जन झा, अभिनेत्री कविता आले, अभिनेता देशभक्त खनाल, अभिनेता ऋद्धिचरण श्रेष्ठ, अभिनेता माओत्से गुरुङ, संगीतकार विकास चौधरी र अभिनेत्री प्रेमा अधिकारी गैरे पनि सम्मानित भए । सबैलाई जनही २५ हजार नगद र ताम्रपत्रसहित सम्मान प्रदान गरियो ।
कार्यक्रममा मन्त्री गुरुङले चलचित्र राजनीतिक रुपान्तरणको माध्यम मात्र नभएर आर्थिक रुपान्तरणको क्षेत्र पनि धारणा राखे । उनले नेपाली फिल्म उद्योगले अन्य फिलम उद्योगलाई उछिन्न सुझाए । उक्त अवसरमा ‘बलिदान’ अभिनेता हरिवंश आचार्यले आफूहरु मात्र नभएर देश र संविधानले पनि सम्मान पाउनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण