कपिलसँगको विवादमा के भने सुनिलले ?
मुम्बई । हालै सुनिल ग्रोवर र कपिल शर्माले श्री श्री रविशंकरलाई भेटेका थिए । यस भेटमा सुनिलले आध्यात्मिक गुरुलाई एक प्रश्न सोधे जुन मार्च २०१७ मा कपिलसँग भएको उनको झगडासँग सम्बन्धित थियो।
उनले सोधे, 'एक अर्कालाई असाध्यै माया गर्ने दुईजना साथीबिच झगडा हुन्छ, छ वर्षको अन्तरविना कसरी भेट्ने वा बाँच्ने ? यसमा श्री श्री रविशंकरको जवाफले आफूलाई पूर्ण रूपमा सन्तुष्ट भएको सुनिलले बताए ।
उनले भने, ‘यो कुराको जवाफ त मलाई पहिल्यै थाहा थियो तर पनि उनको गहिरो बुझाइ छ भन्ने लाग्यो, उहाँलाई पनि सोधौँ भन्ने भयो । ज्ञानीलाई सोध्दा उनले धेरै राम्रो जवाफ दिए कि जहाँ माया हुन्छ त्यहाँ यस्तो हुन्छ । उनको जवाफबाट म पूर्ण रूपमा सन्तुष्ट भएँ।’
सन् २०१७ मा प्लेनमा भएको विवाद पछि, जब सुनिल र कपिल 'द ग्रेट इन्डियन कपिल शर्मा शो' को सेटमा पहिलो पटक भेटे, तिनीहरूले कुनै अप्ठ्यारो महसुस गरेनन्।
सुनिलले भने, ‘विवादपछि पहिलो पटक शोको सुटिङमा सँगै काम गर्दा अनौठो कुरा भएजस्तो लागेन । वास्तवमा हामी बेलाबेलामा कुनै न कुनै पार्टीमा वा भेटघाटमा भेट्थ्यौँ । हामी भेट्दा पहिले जस्तै थियौँ। हामी दुवैको उमेर र अनुभव उस्तै छ र पुराना कुराहरूलाई अब पछि छाडेका छौँ । हामी जान्दछौँ जे भयो, भयो। अब केही नयाँ गरौँ, फेरि सँगै जुटौँ ।’
कुराकानीका क्रममा सुनिलले आफू र कपिलले पुराना विवाद सुल्झाएको पनि बताए । उनले भने, ‘पुराना समस्या समाधान गर्न सजिलो छैन, तर हामीले समाधान गरेका छौँ । सम्बन्धको धागो कहिलेकाहीँ गाँठो पर्छ । तर काटेर फेरि जोडेर सच्चाइदिन्छौ । अब हामी फेरि अलमलमा नपर्न सक्दो प्रयास गर्छौँ । अब हामीले यसलाई समाधान गर्ने बाटो फेला पारेका छौँ। हामी सबै सँगै उडानमा जाँदैनौँ। (हाँस्दै)’
कपिल र सुनिल चाँडै ‘द ग्रेट इन्डियन कपिल शर्मा शो’ को सिजन २ मा सँगै देखिनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण