इजरायलको पछिल्लो हमलामा १४ प्यालेष्टिनीको मृत्यु
शुक्रबार, ०४ असोज २०८१, २२ : १०
रफाह । उत्तर र मध्य गाजामा इजरायलले गरेको ट्याङ्क र हवाई हमलामा कम्तीमा १४ जना प्यालेष्टिनीहरूको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले अधिकारीहरूलाई उद्धृत गर्दै छापेको समाचारका अनुसार मध्य गाजामा रहेको नुसिरात शरणार्थी शिविरमा इजरायली ट्याङ्कले हमला गरेका थिए ।
गाजा शहरको उत्तरमा भने हवाई हमला भएको थियो । इजरायली ट्याङ्क इजिप्टको सीमा नजिक उत्तर पश्चिमी रफाहतिर बढिरहेको स्थानीयहरूले बताएको भन्दै रोयटर्सले समाचार छापेको छ ।
रफाहमा अभियान चलाइरहेको सुरक्षा बलले गएको हप्ता सयौँ आतंकवादीलाई मारेको इजरायली सेनाले बताएको छ । आफ्नो सेनाले रफाहमा सुरुङ, विस्फोटक पदार्थहरू खोजी खोजी सैन्य संरचना ध्वस्त पारिरहेको उसको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र सङ्कटमा : नारायणकाजी श्रेष्ठ
-
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबिच सहमति, हस्ताक्षरकाे तयारी
-
डा.केसीका माग सन्दर्भमा संवादमार्फत यथाशीघ्र सहमतिमा पुग्न प्रतिबद्ध छौँ : शिक्षामन्त्री
-
गण्डकी संसद्ले पारित गरेको गाँजा विधेयक प्रदेश प्रमुखले फर्काइदिए
-
प्रवासको पत्रकारितालाई मर्यादित बनाउन ‘टोकियो घोषणापत्र’ कोसेढुङ्गा सावित हुन्छ : रवीन्द्र श्रेष्ठ
-
नेपाल स्काउटका निर्वाचित समितिहरू विघटनप्रति आपत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण