इजरायलको पछिल्लो हमलामा १४ प्यालेष्टिनीको मृत्यु
शुक्रबार, ०४ असोज २०८१, २२ : १०

रफाह । उत्तर र मध्य गाजामा इजरायलले गरेको ट्याङ्क र हवाई हमलामा कम्तीमा १४ जना प्यालेष्टिनीहरूको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले अधिकारीहरूलाई उद्धृत गर्दै छापेको समाचारका अनुसार मध्य गाजामा रहेको नुसिरात शरणार्थी शिविरमा इजरायली ट्याङ्कले हमला गरेका थिए ।
गाजा शहरको उत्तरमा भने हवाई हमला भएको थियो । इजरायली ट्याङ्क इजिप्टको सीमा नजिक उत्तर पश्चिमी रफाहतिर बढिरहेको स्थानीयहरूले बताएको भन्दै रोयटर्सले समाचार छापेको छ ।
रफाहमा अभियान चलाइरहेको सुरक्षा बलले गएको हप्ता सयौँ आतंकवादीलाई मारेको इजरायली सेनाले बताएको छ । आफ्नो सेनाले रफाहमा सुरुङ, विस्फोटक पदार्थहरू खोजी खोजी सैन्य संरचना ध्वस्त पारिरहेको उसको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेक्सिकोमा अमेरिकी सेना तैनाथ गर्ने ट्रम्पको प्रस्ताव शेनबाउमले गरिन् ठाडै अस्वीकार
-
आज ४ संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
प्रहरी विधेयकमा थप नयाँ प्रस्ताव, सीडीओलाई किन यति अधिकार ?
-
नागढुङ्गा नौबिसे सडक विस्तार : यही वैशाख २२ देखि ३१ गतेसम्म पाँच घण्टा बन्द गरिने
-
प्रहरीलाई ‘बुख्याचा’जस्तो बनाउन खोजिएको छ
-
यूथ भिजन-२०३५ निर्माणका लागि छलफल प्रारम्भ