वीरगञ्ज भन्सारले उठायो दुई महिनामा साढे २५ अर्ब राजस्व
पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको भदौसम्म रु २५ अर्ब ४० करोड ३१ लाख ४३ हजार राजस्व सङ्कलन गरेको छ । भन्सार विभागले भदौसम्म रु ३५ अर्ब ५७ करोड २७ लाख ५६ हजार राजस्व सङ्कलनको लक्ष्य निर्धारण गरेकामा ७१ प्रतिशत लक्ष्य हासिल भएको कार्यालयले जनाएको छ ।
भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले गत वर्षको सोही अवधिको तुलनामा चालु आवमा झण्डै रु एक अर्बले राजस्व बढेको जानकारी दिए । गत आवको भदौसम्म रु ३५ अर्ब ४४ लाख ४२ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिइएकामा ७० प्रतिशत अर्थात् रु २४ अर्ब ५७ अर्ब ९२ लाख ५७ हजार राजस्व सङ्कलन भएको थियो ।
प्रशासक लामिछानेका अनुसार सो अवधिमा कार्यालयबाट सबैभन्दा धेरै पेट्रोलियम पदार्थ आयात भएको जानकारी दिए । “विगतका वर्षमा वीरगञ्ज भन्सार कार्यालय हुँदै पेट्रोलियम पदार्थका सवारीसाधन धेरै आयात हुने गरेकामा यसपटक विद्युतीय सवारीको सङ्ख्या बढेको छ”, उनले भने।
भन्सार विभागले गत साउनमा रु १६ अर्ब ८६ करोड ८७ लाख सङ्कलनको लक्ष्य लिए पनि रु १२ अर्ब १६ करोड ३२ लाख ५८ हजार राजस्व सङ्कलन गरेको थियो । कार्यालयका अनुसार गत आवको साउनमा रु १८ अर्ब ७० करोड ४० लाख राजस्व सङ्कलनको लक्ष्य लिइएकोमा रु १३ अर्ब २३ करोड ९८ लाख राजस्व सङ्कलन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण