श्रीलङ्कामा मतदानपछि सुरक्षा बढाइयो, देशभर कर्फ्यु
कोलम्बो । श्रीलङ्कामा शनिबार पहिलो पटक राष्ट्रपति निर्वाचनको मतदान भएको छ । मतदान सकिएको केही घण्टापछि नै देशभर कर्फ्यु लगाइएको छ । मुलुकमा शान्तिपूर्ण रुपमा मतदान भएपनि सर्वसाधारणको सुरक्षालाई ध्यानमा राखेर यस्तो कदम चालिएको अधिकारीहरूले जनाएका छन् ।
मतगणना भइरहेका बेला सुरक्षा अधिकारीहरू सडकमा गस्ती गरिरहेका देखिएका थिए । यो निर्वाचनलाई सरकारको अर्थतन्त्रको व्यवस्थापनमा जनमत संग्रहका रूपमा हेरिएको छ ।
प्राप्त तथ्याङ्कले मुलुकमा करिब ७० प्रतिशत मतदान भएको देखाएको छ । राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति रनिल विक्रमासिंघे समेत कीर्तिमानी ३८ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
श्रीलङ्काको राष्ट्रपति चुनावमा हुलाक भोटको प्रारम्भिक नतिजाले प्रमुख वामपन्थी नेता अनुरा कुमारा दिसानायका अगाडि रहेको देखाएको छ । हुलाक मतपत्र सकिएपछि शनिबारको कागजी मतदानको गणना हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण