बंगलादेशविरुद्धको दोस्रो टेस्टका लागि भारतीय टोलीको घोषणा
काठमाडौँ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले बंगलादेशविरुद्धको दोस्रो तथा अन्तिम टेस्टका लागि आफ्नो टोलीको घोषणा गरेको छ । पहिलो टेस्टमा आइतबार बंगलादेशलाई दुई सय ८० रनले हराएलगत्तै बीसीसीआईले दोस्रो टेस्टका लागि टोलीको घोषणा गरेको हो ।
भारत र बंगलादेशबिचको दोस्रो टेस्ट सेप्टेम्बर २७ तारिखदेखि कानपुरमा सुरु हुनेछ । बीसीसीआईद्वारा दोस्रो टेस्टका लागि घोषित टोलीमा पहिलो टेस्टमा सहभागी भएका खेलाडीहरुलाई नै निरन्तरता दिइएको छ ।
दोस्रो टेस्टका लागि घोषित भारतीय टोलीमा रोहित शर्मा (कप्तान), यशस्वी जैसवाल, शुभमन गिल, विराट कोहली, केएल राहुल, सरफराज खान, ऋषभ पन्त (विकेटकिपर), रविचन्द्रन आविश्वन, रविन्द्र जडेजा, अक्षर पटेल, कलदीप यादब, मोहम्मद सिराज, आकाश दीप, जसप्रित बुमराह र यश दयाल रहेका छन् । टोलीमा ध्रुव जुरेललाई रिजर्व खेलाडीका रुपमा समावेश गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण