संसदीय समितिको सिफारिस तत्काल कार्यान्वयन गर्न प्रहरीलाई गृह मन्त्रालयको निर्देशन
आइतबार, ०६ असोज २०८१, १६ : ४३
काठमाडौँ । सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समितिको सिफारिस तत्काल कार्यान्वयन गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ ।
छानबिन समितिबाट प्राप्त सुझाव र सिफारिस कार्यान्वयनका लागि प्रहरी प्रधान कार्यालयलाई लेखेर पठाइएको गृह प्रवक्ता (सहसचिव) ऋषिराम तिवारीले रातोपाटीलाई बताए । उनले भने, ‘प्राप्त सिफारिस र सुझाव तत्काल कार्यान्वयन गर्न प्रहरी प्रधान कार्यालयमा लेखेर पठाएका छौँ ।’
मन्त्रिपरिषद्बाट निर्णय भएर आएको सुझाव कार्यान्वयनमा लैजान गृहमन्त्री रमेश लेखकले मन्त्रालयका उच्च अधिकारी र प्रहरी प्रमुख वसन्त कुँवरलाई निर्देशन दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण