शिक्षण अस्पतालद्वारा क्लिनिकल रजिस्ट्रार पदका लागि आवेदन माग
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले ३ जना क्लिनिकल रजिस्ट्रार पदका लागि आवेदन माग गरेको छ ।
अस्पतालका लागि चिकित्सा शास्त्र अध्ययन संस्थान कार्यान्वयन समितिको स्वीकृत अस्थायी दरबन्दीमा क्लिनिकल रजिस्ट्रार पद करार सेवामा पदपूर्ति गर्नुपर्ने भएको कर्मचारी प्रशासन शाखाले एक सूचना प्रकाशित गर्दै जानकारी दिएको हो ।
योग्यता पुगेका २१ वर्ष पूरा भई ४५ वर्ष उमेर ननाघेका इच्छुक नेपाली नागरिकहरूले मिति २०८१ साल असोज १३ गते कार्यालय समय ५ बजेभित्र त्रि.वि. शिक्षण अस्पतालको हिमालयन बैंक महाराजगन्जको खाता नं. ००२००५५३६५००१८ मा परीक्षा दस्तुर बापत रु.२,०००/- (दुई हजार) जम्मा गरेको सक्कल भौचरसहित आवेदन फाराम भर्नु पर्ने सूचनामा भनिएको छ ।
रीत नपुगी प्राप्त हुन आएका दरखास्त फारामहरू उपर कुनै कारबाही हुनेछैन । विस्तृत जानकारीका लागि यस अस्पतालको कर्मचारी प्रशासन शाखामा सम्पर्क गर्न सकिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण