शुक्रबार, १८ असोज २०८१
ताजा लोकप्रिय

अमेरिकामा मनाइयो इन्द्रजात्रा

सोमबार, ०७ असोज २०८१, ०७ : ३९
सोमबार, ०७ असोज २०८१

वासिङ्टन डिसी । अमेरिकाको डिसी महानगर क्षेत्रमा २३ वर्ष अगाडि नेवा समुदायद्वारा भाषा, संस्कृति तथा कलालाई जगेर्ना तथा प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको नेवाः अर्गनाईजेसन अफ अमेरिका ( एनओए )ले १२ औँ येन्या पुन्ही (इन्द्रजात्रा) भव्यताको साथ मनाएको छ । कुमारीको रथ सहितको यात्रा उत्सव गत शनिबारका दिन मेरिल्याण्डमा अत्यन्तै हर्षोल्लास साथ मनाइएको हो1 ।

काठमाडौँ उपत्यकाको जस्तै अमेरिका मै निर्माण गरिएको कुमारी सहितको रथ तानियो । कार्यक्रममा संस्थाका अध्यक्ष महिन्द्र प्रधानले सबैलाई स्वागत गरेका थिए ।

noa 21

इन्द्र जात्रामा  उपस्थित भएका मेरिल्याण्ड राज्यका ३ जना सांसदहरुमा सराह एस वोलेक, विलियम ग्रेगरी विम्स तथा ह्यारी भण्डारीले शुभकामना दिनुको साथै एनओएलाई संयुक्त रूपमा सम्मान गरेका थिए ।

साथै उक्त जात्रामा राज्यकी सामुदायिक अधिकारी क्रिस्टिना पोइ, मोन्टगोमेरी काउन्टीकी केट चान्सले पनि सम्मान गर्नुको साथै छोटो मन्तव्य राखेकी थिइन् । त्यस्तै गरी मेरिल्याण्ड राज्यको तर्फबाट दक्षिण एसियाली अमेरिकन मामला सम्बन्धी गभर्नरका आयोगका आयुक्त नेपाली मूलका विशाल भण्डारीको समेत उपस्थिति रहेको थियो ।

ku 1236

इन्द्र जात्राको बारेमा नेवा: समुदायका पण्डित वासव राजोपाध्यायले प्रकाश परेका थिए । त्यस्तै कुमारी नृत्य दीपिका राजभण्डारीले प्रस्तुत गरेकी थिइन् । त्यस पछि इन्द्र जात्राको नाटक प्रस्तुत गरिएको थियो । यसमा अधिकांश अमेरिकामा जन्मिएका दोस्रो पुस्ताले प्रस्तुत गरेका थिए । त्यस्तै माकाचा नृत्य पनि दोस्रो पुस्ताले नै प्रस्तुति गरेका थिए ।

नृत्य पछि कुमारी रथ तानिएको थियो ।  यस पटक वोन्जला प्रजापति कुमारी बनेकी थिइन् । लाखे नाच तथा पुलु किसी (सेतो हात्ती )को नृत्य प्रस्तुत गरिएको थियो । रथ ताने पछि येन्या पुन्हीमा नेवा: समुदायको परम्परागत भोज अतिथिहरूलाई नि:शुल्क खुवाइएको थियो ।  इन्द्र जात्रा मेरिल्याण्ड राज्यको ब्ल्याक हिल क्षेत्रीय उद्यानमा आयोजना गरिएको थियो । कार्यक्रम १२ बजे देखि साँझ ५ :३० बजे सम्म चलेको थियो  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप