धनुषाबाट थुनुवा फरार घटना : मिलेमतोको आशङ्का
काठमाडौं । धनुषा प्रहरीको हिरासतबाट भाग्नेमा लागु औषध खैरो हेरोइन मुद्दामा पक्राउ परेका ३ जना छन् । लागु औषध नियन्त्रण ब्यूरोको शाखा कार्यालय धनुषाले सिरहा घर भएका अभास्कर कुमार यादव, धनुषा घर भएका रोशन कुमार मण्डल र रञ्जित मण्डललाई पक्राउ गरेर धनुषा प्रहरीलाई बुझाएको थियो ।
रोशन र रञ्जितका साथबाट ब्यूरोको टोलीले ५३ दशमलव ५ सय ग्राम खैरो हेरोइन र अभास्करको साथबाट १०३ दशमलव ५० मिलिग्राम खैरो हेरोइन बरामद गरेको थियो । प्रचलित कानुन अनुसार उनीहरू १५ वर्षसम्म जेल जान सक्ने व्यवस्था छ । ‘मिलेमतो’मा नै उनीहरू भागेको हुनसक्ने आशङ्का गरिएको छ ।
अन्य फरार थुनुवामा अमित कुमार झा, विशाल मुखिया, नाबालक सुमित मेस्तर र बिक्की कार्की छन् । फरार भएका एकजनालाई पक्राउ गरिएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
सोमबार बिहान ३ बजेर ५५ मिनेटमा उनीहरू हिरासत कक्षको शौचालयको भेन्टिलेसन तोडेर भागेका हुन् । फरार थुनुवाको खोजीमा ४५ जना प्रहरी परिचालन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदीसँगको ट्रम्पको आणविक सम्झौता ‘घाँडो’ बन्न सक्छ
-
आयुर्वेदिक सिल्भर वार्म थेरापी तेलको डुप्लिकेट उत्पादन बेचेको आरोपमा ५ जना पक्राउ
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण