धनुषाबाट थुनुवा फरार घटना : मिलेमतोको आशङ्का

काठमाडौं । धनुषा प्रहरीको हिरासतबाट भाग्नेमा लागु औषध खैरो हेरोइन मुद्दामा पक्राउ परेका ३ जना छन् । लागु औषध नियन्त्रण ब्यूरोको शाखा कार्यालय धनुषाले सिरहा घर भएका अभास्कर कुमार यादव, धनुषा घर भएका रोशन कुमार मण्डल र रञ्जित मण्डललाई पक्राउ गरेर धनुषा प्रहरीलाई बुझाएको थियो ।
रोशन र रञ्जितका साथबाट ब्यूरोको टोलीले ५३ दशमलव ५ सय ग्राम खैरो हेरोइन र अभास्करको साथबाट १०३ दशमलव ५० मिलिग्राम खैरो हेरोइन बरामद गरेको थियो । प्रचलित कानुन अनुसार उनीहरू १५ वर्षसम्म जेल जान सक्ने व्यवस्था छ । ‘मिलेमतो’मा नै उनीहरू भागेको हुनसक्ने आशङ्का गरिएको छ ।
अन्य फरार थुनुवामा अमित कुमार झा, विशाल मुखिया, नाबालक सुमित मेस्तर र बिक्की कार्की छन् । फरार भएका एकजनालाई पक्राउ गरिएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
सोमबार बिहान ३ बजेर ५५ मिनेटमा उनीहरू हिरासत कक्षको शौचालयको भेन्टिलेसन तोडेर भागेका हुन् । फरार थुनुवाको खोजीमा ४५ जना प्रहरी परिचालन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभामा १६५ जना सदस्य भए पुग्छ : रमेश रिजाल
-
मोटरसाइकल चोरीमा संलग्न दुईजना ट्राफिक प्रहरीको नियन्त्रणमा
-
पाँचौँ पटक सगरमाथा आरोहण गरेर फर्किइन् पूर्णिमा
-
विकास माग्दै मुगुका राजनीतिक दलले बुझाए नेता ज्ञवालीलाई ज्ञापन पत्र
-
लेखा समितिका तीन एजेन्डाले देखाएको गन्जागोल
-
हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थीहरूको प्रवेशमा ट्रम्प प्रशासनले लगायो प्रतिबन्ध