धनुषा प्रहरीको हिरासत तोडेर ९ जना थुनुवा फरार, एक जना पक्राउ
धनुषा । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षबाट ९ जना थुनुवा फरार भएका छन् । प्रहरी हिरासतबाट मंगलाबार बिहान भेन्टिलेसन तोडेर ९ जना थुनुवा फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको हो ।
फरार हुने थुनुवाहरूमा जनकपुर उपमहानगरपालिका वडा नम्बर २० निवासी अमितकुमार झा, धनुषा साबिक गिद्धा नगरपालिका वडा नम्बर ७ का रंजित मण्डल र रोशनकुमार मण्डल तथा सिरहा नगरपालिका वडा नम्बर १३ निवासी अभास्कर यादव रहेको प्रहरीले जानकारी दिएको छ ।
यसैगरी धनुषाकै औरही गाउँपालिका वडा नम्बर २ निवासी विशाल मुखिया, जनकपुर उपमहानगरपालिका वडा नम्बर १ निवासी सुमित मेस्तर, धनुषा नगराइन नगरपालका वडा नम्बर २ निवासी मनिष मण्डल र जनकपुर उपमहानगरपालिका वडा नम्बर ४ निवासी बिक्की कार्की प्रहरी थुनुवा कक्षबाट फरार भएको धनुषा प्रहरी प्रवक्ता रञ्जन अवाले बताए ।
फरार भएकाहरूमध्ये ५ जना लागु औषध मुद्दाका थुनुवा रहेका छन् भने ३ जना अभद्र व्यवहार मुद्दाका आरोपित रहेको धनुषा प्रहरीले जानकारी दिएको छ ।
फरार भएकाहरू मध्येबाट एक जनालाई प्रहरी पक्राउ गरेको छ । प्रहरीले अहिलेसम्म सत्यम झालाई पक्राउ गरेको जानकारी दिएको छ । अन्य फरारहरूको खोजीकार्य भने जारी रहेको प्रहरी प्रवक्ता अवाले बताए ।
धनुषा प्रहरी हिरासत कक्षको मंगलबार बिहानसम्म सुरक्षा दिनका लागि ५ जना प्रहरीहरू ड्यूटीमा परिचालित थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रीविरूद्ध प्रदर्शन गर्ने विद्यार्थीहरू रिहा
-
सोमबार नागढुंगा सुरुङमार्गको उद्घाटन हुने
-
पाकिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा परी १५ जनाको मृत्यु, ४० घाइते
-
डिजिटल नेटवर्कमा जोडिँदै कांग्रेस, अब विवादरहित र प्रविधिमैत्री सदस्यता
-
१३४ देशसँग नेपालको व्यापार घाटा, २८ देशसँग मात्रै नाफामा
-
देशलाई फाँसीवाद र राष्ट्रघातको दिशामा लैजान खोजिँदै छ : नेता श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण