सहकारी ठगी प्रकरण
छविलाल जोशीलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
सोमबार, ०७ असोज २०८१, १६ : १०
पोखरा । पोखराको सूर्यदर्शन सहकारी रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोपमा पक्राउ परेका पूर्वडीआइजी छविलाल जोशीलाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
जिल्ला अदालत कास्कीले उनलाई ५ दिनको म्याद थप गराएको हो । अदालतले म्याद थप गरेसँगै जोशीमाथि अनुसन्धान सुरु भएको छ । जोशीमाथि तीन अभियोगमा अनुसन्धान हुनेछ । जोशीमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान हुने जिल्ला सरकारी वकिल कार्यालय कास्कीका एक अधिकृतले बताए ।
जोशीलाई सोमबार जिल्ला अदालत कास्कीमा १० दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले माग गरेको थियो । तर अदालतले ५ दिनको मात्रै म्याद दिएको हो ।
काठमाडौँबाट पक्राउ परेका जोशीलाई आइतबार राति पोखरा ल्याइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
सरकारको निर्णयले शिक्षा क्षेत्रलाई राहत पुग्ने शिक्षामन्त्रीको विश्वास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण