प्रधानमन्त्री ओलीसँग राष्ट्रसंघको विकास वित्त उपकार्यकारी प्रमुखको भेट
मङ्गलबार, ०८ असोज २०८१, ०० : २६
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग राष्ट्रसंघको अन्तर्राष्ट्रिय विकास वित्त निकायकी उपकार्यकारी प्रमुख निशा विस्वालले भेट गरेकी छन् ।
संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्क पुगेका प्रधानमन्त्री ओेलीसँग उपकार्यकारी प्रमुख विस्वालले सोमबार भेट गरेकी हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटमा नेपाल र राष्ट्रसंघले गर्दै आएका कार्यहरूबारे कुराकानी भएको थियो ।
न्यूयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले विभिन्न देशका समकक्षीहरूसहित अन्तराष्ट्रिय कुटनीतिक निकायका प्रमुखहरूसँग भेटवार्ता गरिरहेका छन् । प्रधानमन्त्री ओलीसँगै परराष्ट्रमन्त्री आरजु राणा देउवा, परराष्ट्र सचिव सेवा लम्साल लगायत पनि सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी र अघोषित लोडसेडिङले धनगढीको जनजीवन अस्तव्यस्त
-
आयोजना निर्माणमा प्रक्रियागत झन्झट अन्त्य गर्ने नयाँ रणनीतिः १० वर्षका लागि ‘सनसेट कानुन’ ल्याइँदै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण