आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

करणको ‘काँडा भएनि’मा मलिकाको अभिनय

मङ्गलबार, ०८ असोज २०८१, ०७ : ४९
मङ्गलबार, ०८ असोज २०८१

काठमाडौँ । ‘द भ्वाईस अफ नेपाल सिजन ४’ विजेता गायक करण राई र गायिका नितु पुनको स्वर रहेको गीत ‘काँडा भए नि’ सार्वजनिक भएको छ । गीतमा थुग्तेन डुक्पाको शब्द र डम्बर नेपालीको सङ्गीत छ ।

गीतको भिडियोमा अभिनेत्री मलिका महतको अभिनय छ । अभिनयमा महतलाई गायक करणले नै सघाएका छन् । प्रेमी–प्रेमीकाको एक मिलनको संयोगमा तयार भएको भिडियोमा करण र मलिकाको डान्स पनि देख्न सकिन्छ । 

विक्रम चौहानको निर्देशन, कोरियोग्राफी रहेको भिडियोमा  प्रकाश खड्काको छायाङ्कन र मिलन विश्वकर्मा सम्पादन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप