ऐतिहासिक पदकसहित स्वदेश फर्किएकी एरिकाको विमानस्थलमा भव्य स्वागत (तस्बिरहरू)
काठमाडौँ । चीनका हाङ्झाउमा सम्पन्न २०औँ सिनियर एकेएफ च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक जितेर नेपाली कराँते खेलाडी एरिका गुरुङ मंगलबार स्वदेश फर्किएकी छन् । कराँते खेलाडी एरिकाले महिला ६८ केजीभन्दा माथिको तौल समूहमा रजत पदक जितेकी हुन् ।
ऐतिहासिक पदकसहित स्वदेश फर्किएकी एरिका, अन्य खेलाडी र प्रशिक्षक कुशल श्रेष्ठलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । चीनबाट फर्किएको नेपाली खेल टोलीलाई स्वागत गर्न खेल पदाधिकारीहरू विमानस्थल पुगेका थिए ।
उनी आफ्नो स्पर्धाको फाइनलमा भियतनामकी खेलाडीसँग पराजित भएकी थिइन् । भियतनामकी खेलाडी एनगोआन नुएनले फाइनलमा एरिकालाई ६–० ले हराएकी थिइन् । एरिकाले प्राप्त गरेको रजत पदक देशका लागि ऐतिहासिक हो ।
एसियाली कराँते महासङ्घले आयोजना गर्ने सिनियर एसियन च्याम्पियनसिपमा नेपालले जितेको यो नै पहिलो पदक हो । यसअघि कुनै पनि नेपाली खेलाडीले यो च्याम्पियनसिपमा पदक जिन सकेको थिएन ।
गत वर्ष चीनमै आयोजना भएको भएको १९औँ एसियाली खेलकुदमा पनि एरिकाले ऐतिहासिक रजत पदक जितेकी थिइन् । एसियाली खेलकुदको कराँतेमा रजत पदक जित्ने एरिकाले पहिलो नेपाली खेलाडी हुन् ।
यसका अतिरिक्त एसियाली खेलकुदको व्यक्तिगत स्पर्धामा रजत पदन जित्ने उनी दोस्रो नेपाली खेलाडी हुन् । एसियाली खेलकुदमा नेपालका लागि पहिलो रजत पदक जित्ने नेपाली खेलाडी भने तेक्वान्दोकी सविता राजभण्डारी हुन् ।
_3AJ4gVtovj.jpg)
_pVDz1UBq9k.jpg)
_v02wovC9Wd.jpg)
_0UdDOqE93G.jpg)
_jAH4NPfnzY.jpg)
_nRRyflUHqL.jpg)
_IHHUBOpu4U.jpg)
_40q9lreLBE.jpg)
_bsjXnesQSR.jpg)
_2oVtT7FAf2.jpg)
_Omtbur6HpE.jpg)
_0P7RpQDF9t.jpg)
_VgbbNH1Wjf.jpg)
_3HUWXJvucP.jpg)
_PSMUEgFhyT.jpg)
_uqJY7Sa7m1.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथामा ‘चमत्कार’ : सात दिनपछि ‘डेथ जोन’ बाट कसरी जीवितै फर्किए दावा शेर्पा ?
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण