कोशी प्रदेश मन्त्रीपरिषद्को बैठक : ३३ कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत
विराटनगर । कोशी प्रदेश सरकारले खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्रालय अन्तर्गतकै जलवायु अनुकूलित वृहत खानेपानी आयोजनामा कार्यरत ३३ जना कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।
विराटनगरस्थित मन्त्रीपरिषद्को कार्यालयमा आज बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्रालय अन्तर्गत एसियाली विकास बैंकको ऋण सहयोग र साउदी फन्ड फर डेभलपमेन्टको सहलगानीबाट कोशी प्रदेशमा सिँचाइ आयोजना सञ्चालन गर्न वार्ता र सहमति गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । यो परियोजना अन्तर्गत कोशी प्रदेशमा करिब २७ वटा सिँचाइ आयोजनाहरू सञ्चालन हुने बताइएको छ ।
यस्तै बैठकले आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरको संयोजकत्वमा राजनीतिक तथा प्रशासनिक समिति, आन्तरिक मामिला तथा कानुनमन्त्री लीलावल्लभ अधिकारीको संयोजकत्वमा कानुन न्याय तथा प्रदेश मामिला समिति र भौतिक पूर्वाधारमन्त्री भूपेन्द्र राईको संयोजकत्वमा आर्थिक सामाजिक तथा पूर्वाधार समिति गठन गरेको छ ।
बैठकले स्वास्थ्य मन्त्रालयका १० औँ र ११ औँ तहका कर्मचारीको सरुवा पनि गरेको छ । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरका ११ औँ तहका निर्देशक डा। वीरेन्द्रकुमार मण्डललाई जिल्ला अस्पताल उदयपुरमा कामकाज गर्ने गरी सरुवा गरिएको छ भने १० औँ तहका वरिष्ठ जनस्वास्थ्य प्रशासक डाक्टर ज्ञानबहादुर बस्नेतलाई प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाबाट स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरमा र मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा। सुरेश मेहतालाई प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटामा सरुवा गर्ने निर्णय भएको हो ।
यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले हरेक वर्ष सञ्चालन गर्दै आएको ‘मुख्यमन्त्रीसँग जनता’ कार्यक्रम यस वर्षदेखि ‘जनतासँग कोशी प्रदेश सरकार’ नाममा सञ्चालन गर्ने भएको छ ।
२०७८ सालदेखि स्थानीय टेलिभिजन र एफएम रेडियोहरूबाट यो कार्यक्रम प्रसारण गर्न बन्द गरेर नेपाल टेलिभिजनमार्फत मात्रै प्रसारण गर्दै आएकोमा यस वर्षदेखि कोशी प्रदेशका रेडियो तथा टेलिभिजनबाट प्रसारण गर्ने गरी कार्यविधिमा व्यवस्था गरिएको छ । यसले कोशी प्रदेशमा रहेका स्थानीय सञ्चारमाध्यमलाई फाइदा पुग्ने छ । यस क्षेत्रका रेडियो तथा टेलिभिजन प्रसारण संस्थाहरूले यो कार्यक्रम आफ्नो सञ्चारमाध्यमबाट प्रसारण गर्न पाउनु पर्ने माग गर्दै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलाली र कञ्चनपुरमा विमानस्थल सञ्चालन प्रक्रिया अघि बढाउन उच्चस्तरीय बैठक
-
चालू आर्थिक वर्षमा यी न्यायाधीशले गरे सर्वाधिक मुद्दा फैसला
-
मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण
-
जापानी प्रधानमन्त्रीको लोकप्रियता दर पहिलो पटक ५० प्रतिशतभन्दा तल
-
कोरियाबाट फर्केका नेपालीको सीप र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणमा लगाउनुपर्नेमा जोड
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण