विभिन्न स्थानमा ९ जना मृत अवस्थामा फेला
मङ्गलबार, ०८ असोज २०८१, १३ : ३७
काठमाडौँ । देशका विभिन्न स्थानमा ९ जना मृत अवस्थामा फेला परेको नेपाल प्रहरीले जानकारी दिएको छ ।
- पाँचथर, मिक्लाजुङ गाउँपालिका-४ माल्टेनि गाउँ बस्ने ३८ वर्षीया संगिता मगर सोही ठाउँस्थित सडक छेउमा सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।
- सिन्धुली, कमलामाई नगरपालिका-८ पुरानो करकरे बस्ने ३३ वर्षीय काजी बिक आफ्नै घर नजिकै धान खेतमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
- बाँके, नरैनापुर गाउँपालिका-६ जमुनी चोक बस्ने २२ वर्षीय सुकई यादव सोही ठाउँ बस्ने सदान्नद मौर्यको घर अगाडि सोमबार मृत अवस्थामा फेला परेका छन् ।
- दाङ, तुलसीपुर उपमहानगरपालिका-१९ छिल्ली खोला बस्ने ७२ वर्षीय पल बहादुर बुढाथोकी सोही ठाउँस्थित आफ्नै खेतमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
- सर्लाही, बागमती नगरपालिका-२ सुखा हरिवन खोला किनारमा सोही ठाउँ बस्ने ५५ वर्षीय देवी बहादुर कार्की सोमबार मृत अवस्थामा फेला परेका छन् ।
- सल्यान, शारदा नगरपालिका-१३ अत्तरकाँडास्थित घरमा सोही नगरपालिका-१३ बागमारे घर भएकी ६५ वर्षीया पोक्सरी बुढाथोकी मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।
- सिराहा, बरियारपट्टी गाउँपालिका-३ नेपाल भारत बोर्डर सिमास्थित हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३१ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
- चितवन, माडी नगरपालिका-२ चिरौलीस्थित सडक छेउमा सोही नगरपालिका-४ बस्ने ८० वर्षीय देव बहादुर घर्ती सोमबार मृत अवस्थामा फेला परेका छन् ।
- मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास रोडको बाटो छेउको नालीमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ३० वर्षीया महिला सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
-
स्वास्थ्यका महत्त्वपूर्ण निकायमा नेतृत्व सङ्कटः मन्त्रालय मौन, अड्डाहरू निमित्तकै भरमा
-
कन्टेक-सिङ्घा जेभीलाई सडक विभागको १५ दिने स्पष्टीकरण, कालोसूचीमा राख्ने चेतावनी
-
५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण