अन्तर वडा फुटसल : वडा नम्बर १६ र १२ बिच उपाधि भिडन्त
काठमाडौँ । दोस्रो प्रयागराजसिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिताको उपाधिका लागि वडा नम्बर १६ र वडा नम्बर १२ को टोलीबिच भिडन्त हुने भएको छ । लैनचौर फुटसल मैदानमा मंगलबार खेलिएको पहिलो सेमिफाइनल खेलमा वडा नम्बर १६ ले वडा नम्बर ६ लाई २–१ गोलले हरायो ।
खेलमा सुरुआती अग्रता भने वडा नम्बर ६ ले लिएको थियो । नामडुल सान्बो लामाको गोलबाट वडा नम्बर ६ ले अग्रता बनाएको थियो । तर, रविन निरौलाले दुई गोल गर्दै वडा नम्बर १६ लाई फइनलमा पु¥याएका थिए । रविन म्यान अफ दि म्याच पनि घोषित भए ।
यसैगरी, दोस्रो सेमिफाइनल खेलमा वडा नम्बर १२ ले वडा नम्बर २ लाई २–० गोलले पराजित ग¥यो । विजयी टोलीका लागि दुवै गोल मनोज महर्जनले गरेका थिए । उक्त खेलमा मनोज नै प्लेयर अफ दि म्याच पनि घोषित भए ।
काठमाडौँ महानगरपालिका वडा नम्बर २३ को आयोजनामा असाज १ गतेदेखि सुरु भएको उक्त प्रतियोगिताको विजेता टोलीले ट्रफीसहित दुई लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ । उपविजेता टोलीलाई एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।
यसैगरी, प्रतियोगिताको विधागततर्फ उत्कृष्ट हुने सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलरक्षकलाई पनि जनही १० हजार रुपैयाँ गदप पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल खेल बुधबार बिहान ९ः०० बजे सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६० वर्ष उमेर पूरा भइसकेका विद्यालय कर्मचारीहरूलाई नहटाउन आग्रह
-
नेदरल्यान्ड्सविरुद्ध मोरक्को : मैदानको भिडन्तभन्दा पर आप्रवासन र पहिचानको कथा
-
मकवानपुरका सीडीओले भनेः चिकित्सकको पर्चाबिना औषधि नबेच्नू
-
कलाकारहरूले मनाए धान दिवस
-
संविधान ब्रेल लिपीमा प्रकाशन गरी निःशुल्क वितरण गर्न सरकारका नाममा परमादेश
-
विपद् प्राधिकरणको ‘रेड अलर्ट’, सडक विभागको ‘हाइ अलर्ट’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण