‘मिस एण्ड मिसेस युनिभर्सल २०२४’मा १२ प्रतिस्पर्धी
काठमाडौँ । ‘मिस एण्ड मिसेस युनिभर्सल २०२४’को अन्तिम स्पर्धामा १२ प्रतियोगी भिड्ने भएका छन् । आयोजक पार्कल इन्टरटेन्मेन्टले प्रतियोगिताको ट्यालेन्ट राउण्ड आयोजना गर्दै अन्तिम प्रतियोगी समेत सार्वजनिक गरेको हो ।
फाइनलका १२ प्रतिस्पर्धीमा पनि मिसतर्फ ६ जना र मिसेसतर्फ ६ जना रहेका छन् । यीमध्येबाट दुई विजेता र अन्य उपविजेता चुनिनेछन् । प्रतियोगिताको ग्राण्ड फिनाले यही असोज १२ गते काठमाडौँमा एक भव्य कार्यक्रमका बिच आयोजना हुनेछ ।
ट्यालेन्ट शोमा प्रतिस्पर्धीहरूले नृत्य, अभिनय, गायन लगायतका कला प्रदर्शन गरेका थिए । प्रतियोगिताको यो तेस्रो सिजन हो । यो सिजनसम्म आइपुग्दा प्रतियोगीहरूलाई थप क्षमतावान् बनाउन आयोजकले विभिन्न प्रशिक्षणको समेत व्यवस्था गरेको छ ।
महिलाहरूको क्षमताअभिवृद्धीको अलावा समाजमा सक्षम महिलाको रूपमा अगाडि बढाउने उद्देश्य प्रतियोगिताको रहेको आयोजक संस्थाकी अध्यक्ष नितु श्रेष्ठले बताइन् ।
प्रतियोगीताका विजेताले विभिन्न अवसरका लागि नगद, र गिफ्ट समेत प्राप्त गर्न सक्नेछन् । प्रतियोगिताको कोरियोग्राफर दिक्पाल कार्की रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर वर्षा: विशेष सतर्कता अपनाउन आग्रह
-
कतारका पूर्व अमिरको निधनमा भारतमा एक दिने राष्ट्रिय शोक घोषणा
-
सम्झौता हुन लागेकै बेला इरानले आक्रमण गर्यो: राष्ट्रपति ट्रम्प
-
धनुषामा चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै
-
युक्रेनमा सरकार पुनर्गठन, नयाँ प्रधानमन्त्री नियुक्त गरिने
-
भानु जयन्ती कविता प्रतियोगितामा अधिकारी प्रथम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण