असोज १७ गतेदेखि प्रथम नेपाल एप्पल फेस्ट हुने
काठमाडौँ । असोज १७ गतेदेखि प्रथम नेपाल एप्पल फेस्ट २००२४ (स्याउ मेला २०८१) हुने भएको छ । होटल मनाङ ठमेलको सहकार्यमा किसान भेन्चरले आयोजना गर्न लागेको महोत्सव असोज १७ देखि १९ गतेसम्म तीन दिनसम्म चल्नेछ ।
नेपाल एप्पल फेस्ट २०२४ को उद्देश्य नेपालमा स्याउ खेतीको विरासतलाई प्रोत्साहन गर्नु, विभिन्न प्रजातिका स्याउको प्रदर्शन एवं नेपालमा कृषिको सम्भावनालाई प्रवर्द्धन गर्नु रहेको आयोजकले जनाएको छ ।
महोत्सवमा स्याउ उत्पादनदेखि बजारसम्म पुर्याउन कृषकले भोग्नुपरेका चुनौतीहरूको उजागर गर्नुका साथै स्थानीय किसानसँग स्याउ खरिद गरेर उपभोक्ता, आपूर्तिकर्ता र उद्योगसँग सिधा सम्पर्क बनाउनु मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ । स्थानीय रूपमा उत्पादन गरिएको स्याउको बारेमा ग्राहकालाई जानकारी दिई स्वस्थ स्याउ छनोट गर्न सहयोग पुर्याउने विश्वास आयोजकको रहेको छ ।
महोत्सवमा जुम्ला, हुम्ला, बाजुरा, मनाङ, मुस्ताङ, जाजरकोटसहित विभिन्न जिल्लाबाट ल्याइएका ५० मेट्रिक टन स्याउ प्रदर्शनीमा राखी बिक्री गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण