‘सानो संसार’ हरेक परिवारको कथा हो : सीतादेवी
काठमाडौँ । फिल्म ‘सानो संसार’मा दर्शकले आफ्नै कथा पाउने कलाकार सीतादेवी तिमल्सिना बताउँछिन् । मध्यमवर्गीय परिवारको कथामा फिल्म बनेको र नेपालमा यो वर्ग ठुलो संख्यामा रहेकोले फिल्मको कथा सबैले आफ्नै महसुस गर्ने उनको दाबी रहेको छ ।
‘कतिपय अवस्थामा बुबाआमा र बच्चाले के चाँहेको बुझेको हुँदैन । बच्चाले पनि बुबाआमाको चाहना बुझेको हुँदैन । त्यो विषय फिल्ममा छ’, सीतादेवीले भनिन्, ‘फिल्मले परिवारमा आमाबुबा र बच्चालाई झन् नजिक बनाउँछ ।’
सीतादेवी तिमल्सिना ‘सानो संसार’मार्फत फिल्ममा मुख्य भूमिकामा देखिन लागेकी हुन् । सानोपर्दाको सिरियलमा देखिँदै आएकी उनी हास्य कलाकार केदार घिमिरे ‘माग्नेबुढा’को श्रीमती हुन् ।
राजधानीमा आयोजित एक कार्यक्रममा फिल्ममा सीतादेवीकी छोरीको भूमिकामा अभिनय गरेकी नव–अभिनेत्री अञ्जसा रिजाल ‘सानो संसार’मा हरेक घरमा मिल्ने कथा रहेको बताइन् । ‘मेरो चरित्रले धेरै उद्देश्य बोकेको छ । उसको विदेश जाने सपना छ । अहिलेको समयमा बाहिर जाने थुप्रै युवाको सपना हुन्छ । त्यसको प्रतिनिधित्व फिल्ममा मेरो पात्रले गरेको छ’, उनले आफ्नो चरित्र खोलिन् ।
फिल्मकी अर्की अभिनेत्री अनु दाहाललाई आफ्नो चरित्रमा युवापुस्ताले ‘रिलेट’ गर्ने विश्वास छ । ‘फिल्ममा म परिवारको जेठी छोरी हुँ । यसमा छोरा पनि छ तर ऊ हराएको हुन्छ । त्यसपछि मेरो ‘क्यारेक्टर’ले परिवारको जिम्मेवारी उठाएपछि बुबा–आमा र सन्तानबिच भिन्नता आउँछ,’ उनले भनिन् ।
फिल्ममा बुबाको भूमिका निर्वाह गरेका राज पंगेनी शर्मा पनि ‘सानो संसार’ फ्यामिली फिल्म भएको बताए । उनले फिल्म हेरेपछि बुबाआमादेखि छोराछोरीको समेत भूमिका फेरिने बताए । ‘हरेक बुबाको कथा मैले बोकेको छु’, शर्माले थपे ।
‘चपली हाइट’ श्रृंखलाका निर्माता अर्जुन कुमारले ‘सानो संसार’ निर्माण गरेका हुन् । ‘सानो संसार’ पहिला सिरिज थियो । ४ भाग प्रसारण समेत भइसकेको सिरिज हेरेपछि यसमा फिल्म बनाउनुपर्छ भनेर अर्जुनले बाँकी एपिसोड रोकेर फिल्म बनाएका हुन् । उनी यसलाई आफूले यसअघि बनाएका फिल्म मध्येकै उत्कृष्ट बताउँछन् ।
‘मैले यसअघि जति पनि फिल्म बनाएँ, त्यसमध्ये उत्कृष्टमा ‘सानो संसार’हो भन्छु’, अर्जुनले भने । यसअघि आफ्ना कुनै फिल्म प्रिमियर नगरेका अर्जुनकुमारले यसको प्रिमिएर समेत राखेका छन् । ‘फिल्म राम्रो भएपछि प्रिमियरको आँट आएको हो’, अर्जुन कुमारले थपे ।
सिद्धार्थ पुडासैनीको निर्देशन रहेको फिल्ममा राज पंगेनी शर्मा, शिशिर सिवाकोटी, सरिता भण्डारी, जीवन गौतम लगायतको पनि अभिनय छ ।
फिल्मका कार्यकारी निर्माता माधव वाग्ले हुन् । सरिष्मा खत्री र निर्देशक पुडासैनीको लेखन रहेको फिल्ममा प्रवीन खड्काको छायांकन एवं रोमी तन्डुकारको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोदी खोलाको बाढीले घर र रेस्टुरेन्ट बगायो
-
देशभर वर्षा: विशेष सतर्कता अपनाउन आग्रह
-
कतारका पूर्व अमिरको निधनमा भारतमा एक दिने राष्ट्रिय शोक घोषणा
-
सम्झौता हुन लागेकै बेला इरानले आक्रमण गर्यो: राष्ट्रपति ट्रम्प
-
धनुषामा चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै
-
युक्रेनमा सरकार पुनर्गठन, नयाँ प्रधानमन्त्री नियुक्त गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण